चीनमा कोभिड १९ तिब्ररुपमा बढदै, एकैदिन २० हजार संक्रमित

file photo

चीनमा कोभिड संक्रमितको संख्या दिनानुदिन बढदै गएको छ । बुधबार एकै दिन २० हजारभन्दा बढी संक्रमितको सङंख्या भटिएका छन् । यो महामारी अबधीकाे सब भन्दा ठूलो संख्या रहेको छ । कोभिडकै कारण सांघाईमा लकडाउन समेत घोषणा भएकोे छ ।

सरकारले शून्य कोभिड नीति अबलम्बन गरिरहेको जनाइरहेका बेला संक्रमितको संख्या दिनानुदिन धेरै मात्रमा बढिरहेको छ । निश्चित क्षेत्रमा लकडाउन, सामूहिक परीक्षण, यात्रामा कडाइजस्ता प्रावधानका कारण मार्चसम्म चीनमा कोभिड नियन्त्रणमा रहेने अनुमान गरीएकाे छ ।

तर, नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितको संख्या तीब्ररुपमा बढदै गएकोे छ । बुधबार मात्र २० हजार ४७२ जना नयाँ संक्रमित संख्यामा थपिएका छन् । त्यस्तै, पछिल्लो २४ घन्टामा संक्रमणबाट कसैको मृत्यु नभएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएकोे हो ।

परीक्षणपछि पोजेटिभ देखिएका मानिसहरूका कारण सांघाई क्वारेन्टिन केन्द्रहरु सबै भरिएका छन् । संक्रमण नियन्त्रण गर्नको लागि स्वास्थ्य अधिकारीहरूले कडा भन्दा कडा गरिरहेका छन् ।