चितवन राष्ट्रिय निकुञ्जले सुकुमबासीका छाप्रामा लगाइदियो आगो

file : photo

चितवन । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको क्षेत्र अतिक्रमण गरेर बसेको भन्दै माडी नगरपालिका वडा नं. ९ कुसुमखोलाका १० परिवार बस्दै आएका सुकुमबासी छाप्रामा आगो लगाइदिएको छ । निकुञ्जका सूचना अधिकारीका अनुसार कुमुसखोलाका सुकुमबासीहरूलाई अतेन्तै स्थानान्तरण गरिसकेपछि पनि अटेरी गरी पुनः आएर छाप्रा हाल्न थालेपछि हटाउने प्रयास गरे तर हटाउन नसकेपछि आगो लगाइएको बताएका छन ।


गत वर्ष साउन ६ गते यही ठाउँका सुकुम्वासीका छाप्रामा निकुञ्जका कर्मचारीले यसैगरी हात्ती लगाएर घर भत्काउने र आगो लगाइ नष्ट गरेका थिए । त्यती बेला कुसुमखोलामा दुई सय घर थिए, र यीमध्ये अधिकांश चेपाङहरु थिए ।
कसुम खोलाका चेपाङ समुदायका लागि बनाइएको एकीकृत वस्तीको हालै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उदघाटन गरेका हुन ।