महाकालीमा भारतिय पक्षले एकतर्फी बाँध बनाएकोप्रति अनेरस्ववियुकाे आपत्ति

file photo

काठमाडौं । भारतले महाकाली नदिमा अन्तर्राष्ट्रिय कानूनविपरीत एकतर्फी बाँध निर्माण गरेकोमा अनेरास्ववियुले आपत्ति जनाएको छ ।

दार्चुलाको महाकाली नगरपालिका खलंगामा महाकली नदीमा बाँध निर्माण गरेकोमा अनेरास्ववियुले आपत्ति जनाएको हो । यसबारे अनेरास्ववियुले सरकारसँग कूटनैतिक पहल गर्न मागसमेत गरेको छ ।
चैत १ गते बसेको भर्चुअल बैठकले आधारभूत तहको बाल शिक्षा एवम् विद्यालय शिक्षमा भइरहेको अनियमिततालाई तत्काल रोक्न स्थानीय सरकारलाई प्रभावकारी अनुगमनको निम्ती खबरदारी गर्दै राजनैतिक प्रतिशोध र गैरप्राज्ञिक कार्यहरुले शैक्षिक संस्थाहरुलाई बन्धक बनाइनु दुःखद भएकोले विश्वविद्यालय हाताभित्र प्राज्ञिक वातावरण निर्माण गर्न सरोकारवालाहरुको ध्यान आकर्षण गराएको स्रोतले बताएकोे छ ।