स्थानीय चुनावसम्म जसरी भएपनि गठबन्धन कायमै राख्छौ – मन्त्री रामकुमारी

file Photo

काठमाडौं । एकिकृत समाजवादी पार्टीकी सचिव तथा सहरी विकाश मन्त्रि रामकुमारी झाक्रीले आगामी चुनावमा गठबन्धन बनाएर सँगै जाने बताएकी छन ।
मन्त्री झाँक्रि मंगलबार पार्टी जिल्ला कमिटी कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताएकी छन् ।
उनका अनुसार ‘गठबन्धन मुद्दा र आवश्यकताका आधारमा हुन्छ । एउटा मुद्दा र परिस्थितिले आज हामी एक ठाउँमा आएका छौं । गठबन्धन दुइटै पक्षलाई आवश्यक छ । त्यसकारण हामी गठबन्धन गर्छौं ।’
झाक्रीले आगामी दिनहरुमा मिलेर सरकार बनाउनमा जोेड दिदै गठबन्धनलाइ कुनै प्रकारको प्रभव पर्ने खालको अभिव्यक्ति नदिन नेता तथा कार्यकर्तालाइ निर्देशन दिएकी छन् ।