होलीमा घरको छतबाट लोला हान्नेलाइ कारबाही

file : photo

काठमाडौं । हाेली पर्वलाई मनाउँदै महानगरीय प्रहरी परिसरले विशेष सुरक्षा योजना बनाएको छ ।

होलीको समयमा भिडभाड गरेर उछृंखल गतिविधि हुनसक्ने भएकाले सामान्य अवस्थाभन्दा बढी प्रहरी परिचालन गर्ने योजना बनाइएको छ । हाेलीलाइ लक्षित गरेर एक हजार ६४९ जना प्रहरी जनशक्ति खटिनेछन् ।

‘२६ टोलीलाई सादा पोशाकमा खटाइनेछ भने ४५ जना सिनियर प्रहरी अधिकृत होलीको सुरक्षा व्यवस्थापनमा खट्नेछन्’ । कोही कसैको इच्छा विपरित जबरजस्ती रंग दले कारबाही हुने छ’ । ‘मादक पदार्थ एवं लागूऔषध सेवन गरेर होली खेल्न तथा सवारीसाध नचलाउन पाइने छैन ।

‘बाटोबाट हिँड्ने व्यक्तिलाई घरको छतबाट फोहोर पानी फाल्ने र लोला हान्ने काम पनि नगर्न अनुरोध छ’। कुनै घटना भए तत्काल नजिकका प्रहरी वा १०० मा फोन गरेर जानकारी गराउन पनि अपील गरेका छन् ।