महिनावारीका बेला सुरक्षित स्वास्थ्यका लागि के गर्ने के नगर्ने हेर्नुहोस

महिनावारी महिलाका लागि नियमित प्रकृया हो । यो हरेक महिना हुने गर्छ । यो समय महिलाहरुका लागि निकै पिडादायक समय हो । महिनावारी एक प्राकृतिक प्रक्रिया हो । जुन हरेक महिना महिलालाई हुन्छ । तर, महिनावारी भएको बेला केही सावधानी नअपनाएमा भने स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । यो बेला यस्ता केही बानी छन जो गर्नु हुँदैन ।

फास्ट फूड खानु
महिनावारीका बेला स्यान्डविच, बर्गर, पिज्जा वा चिप्सजस्ता फास्ट फूड खानु हुँदैन । यस्तो खाँदा शरीरलाई आवश्यक भिटामिन र मिनरल्स प्राप्त हुँदैन र शरीर कमजोर हुन थाल्दछ ।

पर्याप्त नसुत्नु
महिनावारीको क्रममा कम्तीमा पनि ८ घण्टा सुत्नु पर्दछ । अन्यथा पर्याप्त निन्द्रा पुगेन भने शरीरले आराम पाउँदैन । यस्तोमा टाउको दुख्ने र शरीर दुख्ने लगायतका समस्या हुन्छ ।

व्रत बस्नु
महिनावारीका बेला शरीरलाई भिटामिन र मिनरल्सको आवश्यकता पर्दछ । त्यसैले यो बेला व्रत बस्दा शरीरले पोषण पर्याप्त पाउँदैन । यस्तोमा विभिन्न स्वास्थ्य समस्या हुनसक्छ ।

शारीरिक सम्बन्ध राख्नु
कतिपय महिनावारीका बेला शारीरिक सम्बन्ध राख्दा केही नहुने तर्क गर्छन् । तर यो बेला शारीरिक सम्बन्ध राख्दा संक्रमणको खतरा बढ्ने गर्दछ । शारीरिक सम्वन्ध राख्दा गर्भ बस्छ भन्ने कुरा पनि भ्रम हो । यसले संक्रमणका साथै पीडा पनि बढ्न सक्छ ।

अत्यधिक व्यायाम गर्नु
महिनावारीको क्रममा अत्यधिक व्यायाम गर्दा शरीरमा रक्तसञ्चार बढ्ने गर्दछ । यस्तोमा पेट दुखाई र अत्यधिक रक्तश्राव पनि हुन सक्छ । तर व्यायाम नगर्ने भन्ने चाहिँ होइन ।

सरसफाइमा ध्यान नदिनु
महिनावारीको क्रममा शरीरलाई सफा नराख्दा थुप्रै स्वास्थ्य समस्या हुनसक्छ । त्यसैले प्याड, कपडा वा अन्य सामाग्री नियमित निर्मलीकरण वा सफा गरेर मात्र लगाउनु पर्दछ ।

अन्य कुराहरू
यौनांगबाट रगत बग्ने हुँदा यसलाई सरसफाई विशेष ध्यान दिनु पर्छ किनभने यो समयमा संक्रमण बढी हुने गर्छ । यसलाई धुन कुनै रासायनिक उत्पादनको प्रयोग गर्नु हुदैन । यसका अलावा महिनावारीका बेला धेरै मात्रामा कफी पिउँदा शरीरमा पानीको मात्रा कम हुन्छ । साथै पेट दुखाईको समस्या बढाउन सक्छ ।

महिनावारीका बेला पिडा धेरै हुने हुँदा आरामको आवश्कता पर्दछ । सफा र तातो खानेकुराहरु खानु पर्दछ । यो हरेक महिना आइरहने भएकाले महिला स्वयंले पुर्व तयारी गर्नू पर्दछ ।