भारतले पठायो पेट्रोलीयमा पदार्थको नयाँ मूल्य सुचि

file photo

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसीले) नेपालका लागि इन्धनको मूल्य बढाएर पठाएको छ । बुधबार नेपाल आयल निगमलाई आइओसीले पेट्रोल, डिजेल र हवाई इन्धनको बढेको मूल्यसूची पठाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् ।

उनका अनुसार आइओसीले पेट्रोल लिटरको १६ रूपैयाँ ३७ पैसा बढाएर पठाएको छ । त्यस्तै डिजेलमा २४ रूपैयाँ ५० पैसा र हवाई इन्धनमा १८ रूपैयाँ ९० पैसा बढेर आएका बताएका छन् ।
यसअघि लिटरमा १६ रूपैयाँ हाराहारी घाटा थियो भने अब यो घाटा ३२ रुपैयाँ नाघेको छ । डिजेलमा पनि ३६ रुपैयाँ बढी घाटा उपाध्यायले जानकारी दिएका छन् ।
सबै प्रकारका इन्धनबाट नाफा र घाटाको समायोजन गर्दा बुधबारको मूल्यअनुसार निगमलाई अब १५ दिनमा ५ अर्ब ३१ करोड रूपैयाँ घाटा छ । यो भनेको महिनामा साढे दस अर्ब बढी हो।
रुस र युक्रेनको बिचको युदका कारण अन्तराष्टिय बजारमा छोटो समयमा इन्धनको भाउ निकै बढेको छ । नेपालमा आयल निगम पहिले देखिनै घाटामा रहेको र यसको प्रभाव नेपालमा झनै ठुलो असर पर्न सक्ने स्रोतले बताएको छ ।
नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद नगरीकन आइसियोबाट चाहीने सबै किसिमका प्रसोधित इनधनको खरिद गर्दै आएको छ । इनधनको खरिद बिक्रीमा आइसीओसीले हरेक महीना को १५ दिनको फरकमा आयल निगमलाइ नयाँ मुल्य सुचि पठाँउने गरेको छ ।
जसमा आइसीओसीले प्रशोधन शुल्क सहितको खर्चहरु जोडेर नेपाल पठाँउने गर्छ र सोही अनुसार नेपाल आएल निगमले मूल्य तय गर्ने गर्दछ ।
नेपाल आयल निगमले भने आयात गरेबापतको सरकारलाइ भन्सार प्रशासनिक खर्च ढुवानी लगाएतका खर्चहरु जोडेर निगले उपभोक्ताहरुमा मूल्य कायम गर्ने गरेको छ

आजका दिनमा कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य कति १०२ डलर प्रतिब्यारेल पुगेको छ । रुसी हमलालगत्तै कच्चा तेलको मूल्य बढेर १३८ डलरसम्म पुगेको थियो । यसले विश्वव्यापी रुपले मूल्यवृद्धि हुने आकलन रहेको थियो । तर साउदी अरब लगायत तेल उत्पादक देशहरूले आपूर्ति कम हुन नदिने बताएपछि कच्चा तेलको क्रमशः घटिरहेको छ ।