भारतिय तरकारीको वर्चश्व रोक्न कृषिजन्य वस्तु बिक्री परिचयपत्र वितरण गर्दै तुलसीपुर उपनगरपालिका

वैशाख १३, सुर्खेत । दाङ तुलसीपुर उपमहानगरपालिकाले कृषिजन्य वस्तु बिक्री वितरणका लागि परिचयपत्र अनिवार्य गरेको छ। स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारीकरणका लागि अनिवार्य परिचयपत्र वितरण गर्न लागिएको हो ।

स्थानीय उत्पादन बिक्री वितरण गर्ने लक्ष्यअनुरुप नगरपालिकाले यो कार्य अगाडि बढाएको हो । भारतबाट आएको तरकारी कम गर्न र स्थानीय उत्पादनलाई बजार दिन अनिवर्य परिचयपत्र लाघु गरिएको हो ।

तुलसीपुरका १९ वटै वडाले सम्बन्धित वडाका किसानलाई सूचीकृत गर्न आह्वान गरिएको छ। किसानलाई परिचयपत्र वितरण गरिएसँगै बिहान ४ देखि ८ बजेसम्म तुलसीपुर बजारमा तरकारी बेच्न पाउने भएका छन् ।

तर परिचयपत्र नभएकालाई बिक्री वितरण गर्न दिइने छैन । कृषिजन्य वस्तुको बिक्री वितरणका लागि वडा नं १२ मा हाटबजारको व्यवस्था गर्न लागिएको छ।