पोखरामा नेकपा एकीकृत समाजवादीका उमेदवार धनराज आचार्यको अग्रता

पोखरा- स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उमेदवारले अग्रता बढाएका छन् । जारी मतगणनामा ५० हजार ११७ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उमेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले २० हजार ७४९ मत प्राप्त गरी अग्रता कायम राखेका छन् । नेकपा (एमाले)का प्रमुख पदका उमेदवार कृष्णबहादुर थापाले १८ हजार […]

भरतपुरमा तीन हजार मतले नेकपा (माओवादी केन्द्र) की रेणु दाहालको अग्रता

जेठ ५ भरतपुर महानगरपालिकामा आज बिहानसम्मको मतगणनामा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले अग्रता लगेकी छिन् । भरतपुरमा आज बिहानसम्म ३८ हजार ८६४ मतगणना भएका छन् । दाहालले तीन हजार मतको अग्रता कायम गरेकी छन् । दाहालले १४ हजार ७६६ मत ल्याएकी छिन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीले ११ हजार ७६५ मत […]

धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार हमालले गठबन्धनका वडलाई ७०५१ मतले पछि पारे

धनगढी-धनगढी उपमहानगरपालिकामा बिहीबारसम्म ३० हजार ६९८ मतगणना भएको छ । बिहान साढे ६ बजे सार्वजनिक भएको विवरणअनुसार मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १३ हजार ८२३ मत ल्याएर अग्रता कायम गरेका छन् । यस्तै गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नृप बहादुर वडले ६ हजार ७७२ मत ल्याएर पछि परेका छन् । हमाल र वडबीचको ७ हजार ५१ […]

विराटनगरमा मेयर कांग्रेस र उपमेयरमा एमालेको अग्रता

विराटनगर ।विराटनगर महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले ४२०० मतले अग्रता रहेकाे छ । विराटनगर महानगरपालिकाको प्रमुख नेपाली कांग्रेसका नागेश कोइरालाले १६४५५ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका सागरकुमार थापाले १२२५५ मतले पछ्याउँदै छन् । प्रमुखमा स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवको लालटिनले ५२०२ मत प्राप्त गरेको छ । उपप्रमुखमा भने नेकपा एमाले […]