बराहताल वार्ड न ५ को टोल स्तरिय फाईनल गेम आज हुने

बराहताल वार्ड न ५ को टोल स्तरिय फाईनल गेम आज हुने भएकाे छ । करिब ४ दिन सम्म सन्चालनमा रहेको बराहताल वार्ड न ५ टोल स्तरीय फुटबल प्रतियोगिताको फाईनलको उपाधी आज दिउँसो ३ बजे हुने भएको छ ।

हिजो भएको खेलमा शान्ति टोल (सालघारीले ) पिपल चौतारी टोल (चेपाङ) लाई २-० अन्तरले हराउँदै र बडिचौर बजार टोलले भेरीछाल टोल (चेपाङ) लाई ४-२ ले हराउदै आज फाईनलमा पुगेको हो ।

अहिले केही बेरमा तेस्रो स्थानका लागि पिपलचौतारी टोल र भेरीछालबीच प्रतिस्पर्धा हुदैछ । यो खेल बराहताल गाउँ पालिका वार्ड न ५ ले आयोजना गरेको हो ५ न वार्ड भरी हाम्रा खेलाडी साथिहरुको खेल प्रगती कस्तो रहेछ भनी यो आयोजनाले मदत गर्ने अब हुने मेयरकप फुटबल प्रतियोगितामा यस वार्ड राम्रो टिम सेलेक्ट हुने यसै वार्डका वडा अध्यक्ष धिम राज जोल्मी मगरले बताउनु भएको छ ।

❤️