आज बाट सुरु भयो बराहतालमा टोल स्तरिय फुट्बल प्रतियोगिता

आज बाट सुरु भयो बराहतालमा टोल स्तरिय फुट्बल प्रतियोगिता भएको छ । बराहताल गाउँपालिकाको बडिचौर खेल मैदानमा आजबाट टोल स्तरिय फुट्बल प्रतियोगिता सुरुभएको छ । बराहताल वार्ड न ५ को ८०/८१ को बजेटबाट १५०००० रकम बिनियोजन गरि उक्त प्रतियोगिताको आयोजना गरिएको वार्ड न ५ का वडाअध्यक्ष धिमराज जोल्मी मगर बताउनु भयो । खेलमा करिब ११ टिम सहभागी रहेका छन । कार्यक्रमको अध्यक्ष बराहताल गाउँपालिकाको उपाध्यक्ष लक्ष्मी पुन मगरले गर्नु भएको थियो भने कार्यक्रममा वार्ड न ५ का वडा अध्यक्ष धिमराज जोल्मी मगर सदस्य चन्द्रबहादुर सिजापती र टोल स्तरिय अध्यक्षको सहभागी थियो । प्रतियोगितामा प्रथम पुरस्कार २००००, दित्तिय पुरस्कार १५००० र तेर्सो पुरस्कार १०००० रहेको छ । खेल ४ दिन सम्म सन्चालन हुनेछ । खेलको एमपायर श्याम मर्साङी , ठमराज थापा र सन्जोक तारामी रहेका छन ।