सैनिक आवासीय महाविद्यालय, सुर्खेतको अठारौँ वार्षिक उत्सव कार्यक्रम सम्पन्न

सैनिक आवासीय महाविद्यालय, सुर्खेतले आफ्नो अठारौँ वार्षिक उत्सव तथा सत्रौँ अभिभावक दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ । फाल्गुन १४ गते आयोजना गरिएको वार्षिक उत्सव कार्यक्रममा उत्तर(पश्चिम पृतनाका निमित्त पृतनापती सहायक रथी प्रकाश थापालाई प्रमुख अतिथि र शिक्षा युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर सुर्खेतका उप सचिव धिरेन्द्र प्रसाद शर्मालाई बिषेश अतिथीका रुपमा आमन्त्रण गरेको थियो ।

कार्यक्रममा महाविद्यालयमा भए गरेको पुरै वर्षको सम्पूर्ण विवरणहरूको रूपरेखा समेटिएको वार्षिक प्रतिवेदन महाविद्यालयका प्रिन्सिपल श्री प्रेम बहादुर विश्वकर्माले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा महाविद्यालयमा अध्ययनरत विद्यार्र्थीहरुले विविध प्रकारका नृत्य, गजल, कविता, तेक्वान्दो, गीत सङ्गीत लगाएतका साँस्कृतिक प्रतिभाहरू प्रदर्शन गरेका थिए ।

यो कार्यक्रममा महाविद्यालयका ३०० भन्दा बढी विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम तथा शैक्षिक
प्रदर्शनीमा भाग लिएका थिए । १०० जना विद्यार्थीहरूले उक्त कार्यक्रमहरूको बसाई व्यवस्थापन गर्न स्वयं
सेवकको भूमिका निर्वाह गरेको कार्यक्रमलाई अतिरिक्त विभाग प्रमुख बेतेन्द्र कुमार दहालले सहजीकरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी प्रकाश थापाले यस प्रकारका कार्यक्रमले बिद्यार्थीहरुलाई थप सिकाईमा हौसल्ला प्रदान गर्नुका साथै अन्य गतिबिधका बारेमा रमेत थप ज्ञान दिलाउने बताए । उनले बालबालिकाहरूका अन्तर्निहित प्रतिभाहरू प्रस्फुटन गराउन महाविद्यालयले उपयुक्त वातावरण सिर्जिना गर्नेछ भन्ने आफूले पूर्ण विश्वास राखेको पनी बताएका थिए ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थी, शिक्षक, कर्मचारी, सैनिक कर्मचारी, विभाग, हाउस, कक्षा र अभिभावकलाई पुरस्कार समेत बितरण गरिएको थियो ।