त्रिकोणात्मक टी-ट्वान्टी सिरिजका लागि रोहितलाई टिममा

त्रिकोणात्मक टी-ट्वान्टी सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले रोहितलाई टिममा समावेश गरेका छ । पपुवा न्युगिनी (पीएनजी)विरुद्धको एकदिवसिय सिरिजमा मात्र रहेका रोहितलाई टी-ट्वान्टी सिरिजका लागि समेत टोलीमा स्थान गराएकोे छ ।


टी-ट्वान्टी सिरिजमा नेपालले आज (सोमबार) पीएनजीसँग खेल्नेछ । त्रिवि क्रिकेट मैदानमा हुने पीएनजी र नेपालबीचको खेल १२ः३० मा सुरु हुनेछ । नेपालले पीएनजी र मलेसियासँग त्रिकोणत्मक सिरिज खेल्नेछ । रोहितले यसअघि पीएनजीविरुद्धको एकदिवसीय सिरिजमा शतक प्रहार गरेका हुन,भने उनले १२६ रन बनाएका थिए ।