त्रिशुलीमा ट्याक्सी खस्दा ५ काे मृत्यु, १ वेपत्ता

त्रिशुलीमा ट्याक्सी खसेर दुर्घटनामा परी पाचँ जनाको मृत्यु भएको छ । भने एक जना किशोर वेपत्ता छन । काठमाडौबाट गोरखा तर्फ जादै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका -५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।
उनीहरु पशुपतिमा ठुलोबुवाको दाहसँस्कार गरी ट्याक्सीमा फर्केका एकै परिवारका ५ जना र ट्याक्सी चालक सहित ६ जना सवार रहेको थिए ।

चितवनका डिएसपी भण्डारीका अनुसार मृत्यु हुनेमा ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी छन ।

सोही वडाका १८ वर्षीय दिवस रोकाय बेपत्ता छन । उनको खोजीका लागि दुर्घटनास्थलमा टोली खटिइरहेको छ । साथै घटनाबारे बाकी अनुसन्धान भैरहेको डिएसी भण्डारीले जानकारी दिए ।