धनकुटाकी एक महिला खोलामा हाम फाली बेपत्ता

असार २८ गते तमोर खोलामा हाम फालेर धनकुटा नगरपालिका वडा नम्वर ९ बस्ने एक महिला बेपत्ता भएकी छिन् ।

बेपत्ता हुनेमा अन्दाजी ४५ वर्षीया पूर्ण कुमारी बस्नेत भएको जिल्ला प्रहरी कार्यालय, धनकुटाले जानकारी दिएको छ ।

हाम फाल्दै गरेको उहाँको दिदीले देखेर मुलघाटस्थित प्रहरी चौकीलाई जानकारी दिएकी थिएन् । दिएको सूचनाको आधारमा प्रहरी घटनास्थल पुगी खोजी कार्य गरीरहेको छ ।