दैलेखमा ट्रक दुर्घटना हुदाँ २ जना घाईते

दुर्घटना ग्रस्त ट्रक

सुर्खेत,२३
दैलेखमा ट्रक दुर्घटना हुँदा २ जना घाईते भएका छन् । दैलेख जिल्लाको गुराँस गाउपालिका १ टिमिले खोलमा आज बिहान करिब ३ बजे ट्रक खोलामा खस्दा ट्रक चालक साजन शाही र सहचालक सुरज बटला घाईते भएकाे प्रहरीले जनाएकाे छ ।

नेपालगंजबाट बोईलरको चारो बोकेर अछाम जादैँ गरेको भे १ ख ३६७६ नम्बरको उक्त टक्र रोडभन्दा करिब ३०० मिटर तल खसेको थियो ।

घाईते चालक र सहचालकलाई रेस्क्यु गरेर बिहानै उपचारका नेपालगजं नर्सीङ होममा पठाईसकेको ट्राफीक प्रहरी हवल्दार बिष्णु थापाले लाईका खबरलाई जानकारी गराए ।

ट्रक के कारणले दुर्घटना भयो यो बारे अनुसन्धान भईरहेको हवल्दार बिष्णु थापाले जानकारी दिए ।