इटहरीबाट ताप्लेजुङतर्फ जाँदै गरेको जीप दुर्घटनामा ११ जना घाइते

पाँचथरको फिदिम-२ साराङ्गेमा इटहरीबाट ताप्लेजुङतर्फ जाँदै गरेको १ ज २८४६ नम्बरको बोलेरो जीपे अनियन्त्रित भएर दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । भने ४५ वर्षीया मैया थापा मगरको अ‍वस्ता गम्भीर रहेको प्रहरीले जोनकारी दीएका छन ।


दुर्घटनामा सोही ठाउँका ३६ वर्षीय कृष्ण थामी, ३६ वर्षीया श्रीमती गोमा थामी, ४० वर्षीया कल्पना शिवा, ४५ वर्षीय सुरेश चौधरी र २४ वर्षीया सुस्मिता शिवा घाइते भएका हुन् ।
उनीहरूको जिल्ला अस्पताल पाँचथरमा फीरीमै उपचार भइरहेको छ । सोही दुर्घटनामा परेर ४० वर्षीया सम्झना दर्जी, २९ वर्षीया सुजता शिवा, ४८ वर्षीया इन्द्रबहादुर कामी, झापाको अर्जुनधारा नगरपालिका-११ का ३० वर्षीय कमल राई, चाकल धनकुटाको हिलेका प्रकाश तामाङ पनि घाइते भएका छन् ।