१३ कीलो चादीँका गहना लुट्ने चार लुटेरा पक्राउ

गहना लुट्ने लुटेराहरू

१४ चैत्र २०७८, सोमबार
झापा ।
चाँदीका गहना लुटेर भागेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत ४ गते दमक नगरपालीका वडा नम्बर १ मा रहेको पाथिभारा ज्वेलर्स एण्ड सप्लायर्सका कर्मचारीले बोकेको गरगहना लुटपाट गरेर भागेका थिए ।
पक्राउ पर्नेमा इटहरीका २४ वर्षीय बादल बिक, महोत्तरीको बर्दिबासका २४ वर्षीय मनोज ठाकुर, झापाको दमकका २४ वर्षीय सविन बिक र उदयपुरको रौतामाईका विशाल बिक रहेका छ्न् ।
प्रहरीले उनीहरुको साथबाट लुटिएको सामान नियन्त्रणमा लिई जिल्ला अदालत मोरङबाट म्याद लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।