डा. बाबुराम भट्टराई पक्षको बैठक जडिबुटीमा महिन्द्रको मात्र साथ

जनता समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको बैठक जडिबुटीमा सुरु भैइरहेको छ ।

बैठकमा जसपा कार्यकारिणी समितिका सदस्य महेन्द्र राय यादव मात्र रहेको देखिएको छ ।

बाबुरामलाई साथ दिने भनिएको कार्यकारिणी सदस्य राजकिशोर यादव, रामनरेश राय यादव, अमृता अग्रहरी, रामबाबु यादव लगायतका कुनै पनि नेता बैठकमा आएका छैनन् ।

बैठकमा यादव पक्षका केही नेता तथा कार्यकर्ताबाहेक अधिकांश तत्कालीन नयाँ शक्तिमा आबद्ध नेता तथा कार्यकर्ताहरु मात्र रहेका छन् । बैठकमा मधेस प्रदेशका नेताहरु निकै कम रहेको देखिएको छ ।