पोखरामा गठबन्धन दलभित्र गडबड, उपमेयरका काँग्रेसलाई धक्का पर्ने सम्भावना

पोखरा महानगरपालिकामा गठबन्धन दलभित्र गडबड हुँदा नेपाली काँग्रेसलाई उपमेयरको निर्वाचन परिणाममा धक्का हुने सम्भावना देखिएको छ ।

गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार करिव २५ सय मत अगाडि हुँदा काँग्रेसको तर्फबाट उपमेयर बनेको कोपिला रानाभाटको मत भने कम रहेको छ ।

पोखरा महानगरपालिकाको वडा बाँडफाँडको बिषयमा जसपा र माओवादीलाई विभेद गरेको भन्दै काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी रानाभाटलाई माओवादी र जसपाका नेता कार्यकर्ताले नरुचाएको नेताहरुको भनाइ रहेको छ । गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेको धनराज आचार्यले भने गठबन्धन दलको अन्तर विरोधमा प्रवेश नगरेको कारण आचार्यसँग भने अन्य गठबन्धन उदार रहेको देखिन्छ ।

यति बेलासम्म पोखरामा वडा नम्बर १,२,३,४,५,६,१२,१३,२३,२४,२५ र २६ को मतगणना सम्पन्न भैइसकेको छ । मतगणना सम्पन्न भएको १२ वडामध्ये ३ वडामा एमालेले विजय भएको छ भने काँग्रेसले ९ वटा वडा अध्यक्ष पदमा विजय हाँसिल गर्न सफल भएको छ ।