माओवादी केन्द्र बराहताल २ का पार्टी अध्यक्ष सुनार एमाले प्रवेश

देशैभर चुनावी दौडमा होमीएको नेकपा एमालेले बराहताल गाँउ कमिटी वडा नं.२ को रानिघाटमा चुनावी आम सभाव सम्पन्न गरेको छ ।
आमसभाका लागि सयौ कार्यकर्ता उतारेको बराहताल २ ले एमालेको प्रचारात्मक गित बजाउदै नाचगानका साथ बजार परिक्रमा गरेको थियो ।
बजार परिक्रमा गर्दै भेरी नदि किनारमा रहेको पिपल चौतारामा आमसभा गरेको कमिटीलाइ प्रदेश कमिटि सदस्य ताराकेशर गौतम, पार्टी उपसचिव तथा अध्यक्षका उमेद्वार घनश्याम पान्डे, उपाध्यक्ष उमेद्वार दुर्गा बिष्ट, जिल्ला कमिटी सदस्य डम्मर गरन्जाले सम्बोधन गरेका थिए । जिल्ला कमिटी सदस्य घनश्याम खड्काले संचालन गरेको कार्यक्रममा सहभागी हुदै माओवादी केन्द्र बराहताल २ नं.वडा कमिटीका अध्यक्ष रेशम सुनारले आज देखी नेकपा एमालेमा रहेका काम गर्ने उद्घोष गरेका थिए ।


अध्यक्ष सुनारलाइ पार्टी प्रवेश तथा खादा ओडाएर स्वागत गर्दै नेकपा एमालेका प्रदेश कमिटी सदस्य ताराकेशर गौतमले देशै भरी यो लहड चलेको बताए । उनले भने यहाँ मात्रै होइन बिभिन्न वडाबाट हामीलाइ माओवादी केन्द्र र नेपाली काग्रेसमा बर्षौ बफादारिता निभाएका इमान्दार कार्यकर्ताले यो चुनावमा जिताउने प्रण गर्नु भएको छ ।
अहिले सम्म माओवादी र काग्रेसले रुखमा भोट हाल्ने की हसिया हथौडामा ? कहिले रुखमा भोट हाल भनेका छन भने कहिले हसिया हथौडामा भोट हाल भनेर सिद्दान्त बोकेर हिडेका असल कार्यकर्तालाइ जोकर बनाइ दिएको बताए । माओवादीलाइ लक्षित गर्दै उनले भने जाबो एउटा घोषणा पत्र बनाउन नसक्ने र आफनो सिद्दान्तमा हिडन नसकेका हरुले जनताको काम गछौ भनेर भोट माग्नु लज्जास्पद कुरा हो ।
सम्बोधनका क्रममा अन्यदल प्रति आक्रामक रुपमा प्रस्तुत भएका जिल्ला कमिटी सदस्य डम्मर गरन्जाले नेपाली काग्रेसले चुनावका बेला बराहतालमा भोट माग्ने नाक नभएको बताए । ५ बर्ष अघी गरिएका बाचा पुरा गर्न नसकेको काग्रेसले अहिले हारिने र जनताबाट भोट मार्फत अपमानित हुने डरले बिचार र सिद्दान्त नै नमिल्ने माओबादी केन्द्रसंग अपमानित गठबन्धन गर्न तयार भएको बताए ।
चुनावी आमसभालाइ सम्बोधन गर्दै अध्यक्ष पदका उमेद्वार तथा नेकपा एमाले जिल्ला कमिटी उपसचिव घनश्याम पान्डेले आफु यही माटोमा हुर्किएको यही माटोमा रिझेको र भिजेको भएका कारण यो क्षेत्रलाइ बिकासको पाटोमा अगाडी बढाउने जिम्मेवारी सुम्पन आग्रह गरेका थिए । उनले भने म छात्तीमा हात राखेर भन्छु तपाइहरुको मतको मुल्य मलाइ थाहा छ । यसलाइ खेर जान दिने छैन । तपाइकोहरुको बिस्वास तोडिन दिने छैन ।