हाम्रो आर्थिक सम्भावना,भबिष्य र कार्यभार

लेखक : ताराकेशर खड्का

(अ) कृषि क्रान्तिः
युरोपमा बिशेष गरि बेलायतमा १७औं सताव्दीमा नै कृषि क्रान्ती सम्पन्न भएको थियो । बढ्दो जनसंख्याको खाद्यान्नको मागलाई पूरा गरि खाद्यान्नमा आत्मानिर्भर पहिलो आवश्यकता थियो । त्यो पछि बढेर निर्यात प्रवर्द्धन गरि आयात प्रतिस्थापन गर्न केन्द्रित भयो । अहिले ३०० बर्षपछी हामी ठ्याक्कै त्यहीँ अवस्थामा छौं । हात र पशुहरु हाम्रा उत्पादनका मुख्य साधनहरु भएका छ्न जबकी अहिले बिश्वमा प्रबिधिले यो स्थान लिइसकेको अवस्था छ । यसको मतलब दुनियाँ चौथो औधोगिक क्रान्तिको संघारमा छ भने हामी पहिलो औधोगिक क्रान्ति कसरी गर्ने भन्ने ठाउँमा छौं । अब एकैपटक ४ वटै औधोगिक क्रान्ति गर्नैपर्ने ठाउँमा छौं तर कसरी ? प्राकृतिक विविधताले गर्दा सबै ठाउँमा एकै किसिमको अर्थनितिले काम गर्दैन त्यसैले सोही बमोजिमको अर्थनीति बनाउन जरुरी छ ।
क) हिमाली प्रदेशः
हिमाली प्रदेश करिब ३३५० मिटर देखि ८८४८.८६ मिटरसम्म यो प्रदेश अवस्थित छ । यहाँ विभिन्न प्रकारका जिबजन्तु,बहुमुल्य जडिबुटीहरुले सम्पन्न प्रदेश मानिन्छ । त्यति मात्रै नभइ यो प्रदेश जैविक विविधताको धनी र सबैभन्दा स्वच्छ प्रदेश मानिन्छ । धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको यो प्रदेशमा विभिन्न प्रकारका धार्मिक स्थलहरु रहेका छ्न । यहाँ अब सरकारले यो क्षेत्रलाई आर्थिक रुपले सक्षम बनाउन तिनटा नीति अनिवार्य रुपमा ल्याउन जरुरी छ ।
१) पर्यटकीय निति ः
पर्यटन बिकासका लागि आवश्यक पर्ने पुर्वाधार बिकास गर्न,यहाँ पुर्व देखि पश्चिम सम्म रहेका मुख्य हिमालहरुलाइ एकअर्कासङ्ग जोड्न, हिमाली पर्यटकिय क्षेत्र र हिमालहरु एकाअर्कासङ्ग जोड्ने हिमाली पदमार्गको कामलाइ तिब्रता दिन,यहाँ प्रचलित रहेको बौद्ध धर्म र संस्कृतिलाई विश्व माझ पुर्याउन सोही बमोजिमका धार्मिक एवम् संस्कृतिक पुर्वाधार निर्माण गर्न, यहाँ रहेका १३१० भन्दा बढी चुचुरालाई ट्रेकिङ मार्ग मार्फत एकाअर्कालाई जोड्न,हिमाली क्षेत्रमा प्रवाह हुने हिमाली नदि छेउछाउमा पर्यटकलाइ बास बस्न र समय बेतित गर्न योग्य आरामदायी एवम् सुरक्षित भौतिक संरचनाको बिकास गर्न,जंगली जनावरबाट सुरक्षीत हुन घेराबार सहितको ट्रेकिङ स्थल निर्माण गर्न, ठाउँ ठाउँमा पर्यटक बिरामी हुँदा हिमाली जडिबुटीको नि.शुल्क औषधिको व्यवस्था लगाएत हाम्रो पुर्विय दर्शनलाई संसार भर चिनाउन सुबिधासम्पन्न योग केन्द्रको स्थापना गर्न,होमेस्टे स्थापना मार्फत स्थानिय स्वाद र परिकारका मिष्ठान्न भोजनले पर्यटकलाइ प्रशन्न पार्न विभिन्न पर्यटकीय पुर्वाधारको बिकास गर्न टुरीजम पाेलिसिञ लागू लागु गर्नैपर्छ ।
हर्बल प्लान्सको स्थापनाः यहाँ ७००/८०० भन्दा बढी जडीबुटी रहेका छ्न भन्ने तथ्यांक सार्वजनिक भएका छ्न। तिनिहरुको उचित औद्योगिकरण मार्फत देशको तिब्र आर्थिक बिकास गर्न,यहाँ जडीबुटी उद्योगको बिकास गर्न र आयुर्वेदिक औषधालय र प्राकृतिक चिकित्सा पद्धतिको बिकास गरि औषधि आयात प्रतिस्थापन गरि देशलाई यो क्षेत्रमा आत्मानिर्भर एवम् विकसित गर्न हर्बल प्लान्स पाेलिसी ल्याउनुपर्छ ।
३)एग्रीकल्चर निती : यहाँ उत्पादन हुने घरेलु उत्पादनलाई ब्राण्डिङ्ग गरि नासोको रुपमा बिदेशी तथा स्वदेशी पर्यटकलाई दिन,पशुपालन र तिनीहरबाट बनेका चिजहरुको ब्राण्डिङ्ग गर्न एवम् अर्गानिक र मौलिक उत्पादन गर्न पनि एग्रीकल्चर निती ल्याउनु पर्छ ।
(ख)पहाडी प्रदेशः
सर्वप्रथम पहाडी प्रदेशका विभिन्न जिहरुलाई एकाअर्कासङ्ग जोड्ने मध्यपहाडी लोकमार्गको निर्माण कार्यलाई तिब्रता दिनुपर्छ । यो राजमार्ग किनपनी महत्वपूणर् छ यसले यो देशका आधा जत्ती जिल्लाहरुलाई जोड्ने गर्छ । साथै भारतका सिक्किम र दार्जलिङलाई पनि जोड्ने छ । जसले नेपाली भाषी दार्जीलिङगे र सिक्किमेसङ्गको हाम्रो ऐतिहासिक सम्बन्ध थप प्रगाढ बनाउन मद्दत गर्ने छ । साथै सिमा वारपार बस्तु तथा सेवाको निर्यात तथा आयातलाई थप सहज बनाउने गर्छ । पहाडी प्रदेशलाई सम्पन्न एवम् आत्मानिर्भर बनाउन मुख्यतः ३/४ नीति ल्याएर कामको थालनी गर्नुपर्छ ।
धातुजन्य उद्योगको स्थापनाः
पहाडी प्रदेश आफैमा बहुमुल्य धातु एवम् खनिज सम्पदाले भरिपुर्ण प्रदेश हो तिब्र वैदेशिक लगानिको आकर्षण एवम् स्वदेशी लगानिको भरपुर उपयोग मार्फत यो क्षेत्रमा कलकारखाना उद्योगको स्थापना गर्न साथै कृषि सामाग्रीहरुको उत्पादनमा आत्मानिर्भर साथै तिब्र औधोगिक बिकासको लागि नयाँ प्राबिधिकहरुको उत्पादन तथा बिदेशबाट नयाँ प्रबिधि भित्र्याइ यहाँ उत्पादन सुरु गर्न पनि औद्योगिक नीति अत्यावश्यक छ ।
(२) अाधुनिक एग्रीकल्चर निती : यो क्षेत्रमा कृषिका लागि समेत प्रख्यात भएकाले विशेषगरि तरकारी फलफुल लगाएत पहाडी जडिबुटीको उत्पादनको केन्दबिन्दुको रुपमा बिकास गर्ने त्यसको लागि आधुनिक प्रबिधिको भरपुर उपयोग गर्न,यो क्षेत्रमा फरकफरक कृषि उत्पादन पशुपालन हुने भएकाले विशेष आर्थिक क्षेत्रको घोषणा गरि आर्थिक विविधीकरण एवम् बिशिष्टीकरण गर्न पनि यो नीति अाधुनिक एग्रीकल्चर निती ल्याउनुपर्छ।यो क्षेत्र धार्मिक आध्यात्मिक एवम् पर्यटकिय रुपमा पनि सम्पन्नसाली भएकाले सोही बमोजिमका भौतिक संरचना निर्माण गर्ने।यो क्षेत्र जनसंख्याको हिसाबले भौगोलिक उत्पादनका हिसाबले औसत प्रदेश भएकाले पनि यस प्रदेशको बिकास योजना पनि सोही बमोजिम निर्माण गर्न जरुरी छ।
(ग) तराई प्रदेशः
बृहत कृषि नितिःयो प्रदेशलाई अन्नको भण्डार पनि भनिन्छ। सरकारले यो क्षेत्रको आर्थिक बिकासको लागि यस्तो आर्थिक नीति ल्याउनुपर्छ जसले समग्र तराइ क्षेत्रको बिकास गरोस्। खाद्यान्नबाली,दलहन र तेलहनको तिब्र कृषि औद्योगिकरण मार्फत आयात प्रतिस्थापन र निर्यात प्रवद्धन गर्न बृहत् कृषि नीति ल्याउन जरुरी छ ।साथै धार्मिक एवम् संस्कृतिक रुपले पनि सम्पन्न भएकाले सोहो बमोजिमका पुर्वधारको बिकास गर्ने ।
माथी उल्लेखित उदेश्य पूरा गर्नका लागि के गर्ने त?
(१) प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ः
देश अब धेरैबेर पुरानो सांसदीय अंकगणितबाट चल्न सक्दैन। जनता स्वयंनले अब कार्यकारी चुन्न पाउने प्रणालिको स्थापना गर्नुपर्छ त्यो पनि विशेष अधिकार सहितको।

सुर्खेत बहुमुखी क्याम्पसका बिएड दोस्रो बर्ष प्रमुख विषय अर्थशास्त्र र सहायक विषय राजनीतिक शास्त्रका विद्यार्थी हुन ।