सक्षम युवा, सुदृढ देश, सुशासनका लागि समुन्नत परिवेश

देशको वर्तमान परिवेशमा युवा नेतृत्व र युवा शक्तिलाई हाम्रो समाजले देशको प्रमुख शक्ति र स्रोतको रुपमा स्वीकार गर्दै जानु र राष्ट्रको विकासको प्रमुख साध्य र साधन दुवै सम्झनु जेसीजका सदस्यलाई गर्वको विषय हो । हामी युवालाई शक्तिको रुपमा मात्र हैन परिवार, समाज र राष्ट्रकोनै शक्ति र सम्पत्ति भएको बुझ्न र बुझाउन अझ जरुरी भएको छ । युवाहरुले २१ औं शताब्दिमा जीवन निर्वाह मात्र नभै समाज र राष्ट्रको संकट निवारणमा पनि उल्लेखनीय योगदान र क्रियाकलापको अपरिहार्यता बढेको छ ।

सामान्यतयाः युवाहरुको नेतृत्व अस्वीकार गर्ने घर परिवार, समाज र राष्ट्र कुनै पनी हालतमा प्रगति पथमा लम्कन सक्दैन । यस्तो परिस्थितीमा पनी राष्ट्रमा समस्यकाका रुपमा देखापरेका जनजीवीकाका सवाल र समग्र राष्ट्र विकासका क्षेत्रमा युवाहरुको सहभागिता र नेतृत्व प्रभावकारी बनाउनुपर्छ भन्ने मान्यताका साथ युवाहरुको भुमिकालाई निर्माण गर्ने विषयलाई अवसरको रुपमा लिदै आएको युवाहरुको विश्वव्यापि संगठन जेसीजले अनिवार्य कर्तव्य र शर्तसमेत बनाउन जरुरी भएको छ ।

नेपालको सन्दर्भमा आजभन्दा पुरानो पुस्ताका युवा र पौढहरु प्राय ः सबै आत्मनिर्भर बन्ने इच्छाशक्तिले मात्र हाम्रो समाजलाई आधुनिकतामा प्रवेश गराउन सफल भएका हुन । राष्ट्रिय स्वाधिनताको लागि ज्यान दिदै इतिहासका पानामा सम्मानजनक उपस्थिति जनाएका युवा शक्ति आज प्रेरणाका स्रोत बनिरहेका छन । समाज र राष्ट्र निर्माणमा युवा शक्तिको समर्पण असाधारण उपलब्धिसहित थियो जो आज पौराणिक कथा जस्ता बन्नु अत्यन्तै दुःखद् हो ।

हिजोको युग र आजको युगमा के–के भिन्नता र किन भए भन्ने बास्तविकता बोध गर्ने योग्य युवा निर्माण गर्नु हाम्रो दायित्व हो कि होइन भन्ने आम चासो र चिन्ताको प्रश्न बनेको छ । तिब्रगतिमा प्रयोगमा आईरहेको सुचना प्रविधि र आधुनिकताको प्रभावले सोही गतिमा समुन्नत समाज र सुखी नागरिक बन्नुपर्ने हो तर त्यसको ठिक उल्टो परानिर्भता र पलायनवादीताले वर्चस्व कायम गर्दै जानु सामान्य विषय होईन ।
जिवनका हरेक कर्मलाई आधुनिकतासँगै आएका व्यापक प्राविधिक विकासले जिवन सहज देखिएको छ तर, समाजभित्र जिवन देख्न नसकिने गरि नेपाली मानव सभ्यतालेनै केही नगर्ने हो भने राष्ट्र संकटमा पर्ने र मानवतावादी जेसीजहरुको सिद्धान्तनै संकटमा जाने प्रायः निश्चितनै देखिन्छ । देश युवा विहिन बन्दै जानु परनिरभर्तामा पुस्तै पुस्ता देश बाच्न बाध्य हुनु दण्डहिनता नैतिकता र दायित्व बोध गर्न ढिला हुँदै जाने हो भने हाम्रो समाज अद्योगतितर्फ धकेलिने कुरा प्रायः अधिकांस तथ्याङ्क र सुचकाङ्कहरुले स्पष्ट गरेका छन । जसको बलियो प्रमाण एसिया महादेशको सबैभन्दा गरिब राष्ट्र नेपाल बनिसकेको छ । अब बन्ने के ? भन्ने प्रश्नको उत्तर भन्न जेसीज ढिला गर्नु हुदैन र जेसीजले सक्षम युवाहरुको आवाज सानो बनेको आभाष समाजले गरिरहेको तितो वास्तिकता पनि संगै लैजान जरुरी छ ।

राज्य संचालकहरुले युवाहरु विदेशिएर प्राप्त हुने रेमिट्यान्सबाट मात्र देश समृद्ध हुनेछ भन्ने आशाका साथ लाजै नमानी देश समृद्ध गराउने सपना देख्दैछन् । एक युवा विदेशिनुमा कति अर्थतन्त्र विदेसिन्छ भन्ने अनुमान गर्न नसक्ने हुतिहाराहरुको नेतृत्वशैलीले देशलाई असफल राज्य बनाउने प्रायः निश्चित बन्नु स्वाभिमानी जेसीज युवा सदस्यहरुको लागि आत्मग्लानी र लज्जाबोधको विषय हो ।

नेपालको सबैभन्दा कमजोर पक्ष भनेको सुशासनको अभाव हो । असमर्थ व्यक्तिले नेतृत्व गर्दा बन्ने सामाजिक, सांस्कृतिक, न्यायिक सबै क्षेत्रमा सुशासनयुक्त घटना परिघटनाहरुले राज्यका नागरिकलाई निराशा बनाउने र समाज र राष्ट्रमा आफ्नो भविष्य देख्ने अवस्था अन्त्य गर्ने कार्य बढ्नु राष्ट्रिय संकट निर्माणका बलिया आधार बन्दै गएको अवस्था तत्काल अन्त्य गर्नु हामी सुझबुझ भएका उत्कृष्ट नेतृत्व क्षमता भएका जेसीज युवाहरुको पनि जिम्मेवारी हो र जेसीजले राज्य संचालकहरुलाई दबाव सृजना गर्न सक्षम दृष्ट्रिकोण निर्माण अनिवार्य रहेको छ । राज्य अभिभावक बन्न नसक्दा परिवारको मानसिक पीडा र आर्थिक जटिलताको अवस्थाको समाधान बन्न देशनै छाड्नु पर्ने बाध्यताले भोलिका पुस्ताको जीवननै संकटमा पुग्ने देखिन्छ । आज विद्यालय तहमा अध्ययन गरिरहेका किशोर किशोरीहरुको मानसिकता नेपालमा कुनै सम्भावना छैन र विदेश जाने अन्तिम निर्णय गरेर बसेको अवस्थामा कस्ले कति जिम्मेवारी लिने उनीहरुलाई देशभित्र सम्भावना देख्न परिवेश कसरी निर्माण गर्न सकिन्छ भन्ने राष्ट्रिय चिन्तन नहुनाले जेसीज जस्तो संस्थाका सदस्यहरुको जिम्मेवारी थपिएको छ भन्ने कुरा सबैले बुझ्नु जरुरी छ । हाम्रो समाज भित्रका संभावनाको खोजी, उधमशीलता विनाको जिवन असफल हुने धारणा युवाहरुमा जगाउनु र आफ्नो घर आँगनमा भविष्य देख्ने अवस्था निर्माण गर्नु मानवीयताको उच्चतम कार्य ठान्नुपर्ने नितान्त जरुरी देखिन्छ । यति कहाली लाग्दो र उराठ लाग्दो समाज निर्माण गर्ने राज्यलाई आर्थिक र मानवीय स्रोत बनाउने, राज्य संचालकहरुको नेतृत्व असफल मात्र होईन जनघात पनि हो । गतिशिल व्यक्तिले मात्र समाज र राष्ट्रको गतिशिल नेतृत्व दिन सक्छ । प्रेरणादायी गतिशिल नेतृत्व नभेट्नु र सुशासन सहितको नेतृत्व गर्ने क्षमता भएका शक्ति सामाजिक उत्तरदायित्वबाट पन्छनु वर्तमानमा समाज र राष्ट्रले भोगेका प्रभाव समस्या र चुनौती बनेका छन । जबसम्म हामी हाम्रो युवाहरुलाई आफ्नै नेतृत्व गर्ने योग्य बनाउँदैनौ तवसम्म हाम्रो समाज र राष्ट्रको नेतृत्व सबल बनोस भनेर प्रार्थना गर्नुको कुनै औचित्य छैन । हामीले अति धेरै विश्वास गरेका व्यक्तिहरुलाई हाम्रो समाजमा नेतृत्व सुम्पेका छौ । तर ति प्रायः नेतृत्वहरुले जनअपेक्षा अनुरुप कार्य गर्न नसक्नुको कारण राज्यमा सुशासनको अनुभुति नगराउनु र नहुनुनै हो ।

हामी बस्ने समाजमा हाम्रो समाजले कस्ता व्यक्तिहरु उत्पादन ग¥यो ? सोही अनुरुपनै नेतृत्व चलिरहेको छ । यसलाई कुनै अनौठो मान्नु पर्दैन । अब हामी युवाको व्यक्तित्व र नेतृत्व क्षमतायुक्त बनाउने कार्यलाईनै उच्च प्राथमिकता राखेर सीप र दक्ष युवा निर्माणको अहम प्रश्नमा उत्तरसहित नतिजामुखि कार्यक्रम प्रभावकारी ढङ्गले संचालन गर्न ढिलो गर्नु हँुदैन भन्ने युवा नेतृत्वलाई आग्रह छ ।

नकरात्मताले जरो गाडेको हाम्रो समाजको धारणालाई बदल्न राज्यको मात्र कमजोरी देख्न मिल्दैन । हामी पनि कम जिम्मेवार छैनौ र त मौन छौ । सुशासन दिन र आफ्नो समाजप्रति स्नेह जनाउने हामीले कति नेतृत्व निर्माण ग¥यौ र त्यसका प्रयासहरु समाजले देख्ने र अनुभव गर्ने खालका भए की भएनन समिक्षाको विषय छ । राष्ट्रको यो गम्भिर समस्यामा हामिले के कति पैरवी गरेर सार्थक नतिजा कति दिन सक्यौ भन्ने प्रश्नको उत्तर सहित सुशासन दिलाउन सरकारलाई दबाव निर्माण गर्ने युवा नेतृत्व जेसीजले जन्माउन सक्यौँ कि सकेनौं भन्ने मुल प्रश्न बनाउन जेसीजका देशभरिका शाखा र राष्ट्रिय नेतृत्व जवाफदेही बन्ने परिवेश र वातावरण हामी जेसीजभित्र खोज्दै समाजले भरोसा गर्न योग्य नेतृत्व योग्य युवा निर्माण गर्नु जेसीजको उच्च स्तरीय कार्य गर्न अपिल गर्दछु । क्षमता र सिपयुक्त युवा निर्माण गर्ने महान लक्ष्यलाई छायाँमा पारेर समाज र देश बन्नै सक्दैन नत युवा नेतृत्वहरुनै आत्मनिर्भर बन्न सक्छन । नेतृत्व काम र परिणाममा केन्द्रीत हुनुपर्दछ भन्ने आदर्श सिकाउने जेसीजका नेतृत्वहरु अपेक्षा अनुरुप निर्माण भए वा भएनन् आम जेसीज सदस्यहरुको समिक्षाको उपयुक्त थलो राष्ट्रिय महाधिवेशननै हो भन्ने मेरो अटल विश्वास छ ।
समाज र राज्य आफै निरिह दृष्टिकोणरहित ढङ्गबाट अगाडी घस्रियर हिँडिरहेको अवस्थामा जेसीजबाहेक सक्षम युवा निर्माणको अभियान कसैले चलाउन किन सोच्नु उपयुक्त हुँदैन । राज्यले युवाहरुको क्षमता, सिप र दक्षता निर्माणमा लगानी गर्ला भन्नु दिवास्वप्ना हो । राज्यले साधारण खर्चसमेत धान्न, कर्मचारी तलब भत्ता भुक्तानी दिन समेत ऋण लिन पर्ने अवस्था छ । देशको अर्थतन्त्र पुरै ओरालो लागेर असफल राष्ट्रको नजिक पुगेको नेपालको भविष्यनै संकटग्रस्त बन्नु र देशको अर्थतन्त्र बलियो बनाउनु ९० प्रतिशत माथि आयात गर्नु र युवाहरुले आफ्नो देशको अब भविश्य छैन भन्दै विदेश पलायन हुने अभियाननै थाल्नु र रेमिट्यान्सले देशको समृद्धि खोज्नेहरुलाई राज्य संचालकबाट थप अपेक्षा गर्नु दुर्भाग्य हो । दुव्र्यशनी र बेकामे बनेका युवाहरु दुव्र्यवहारको शिकार बनेर उनिहरुको जिवन बचाउन मात्र सुधार केन्द्र खोल्ने होडबाजीमा सरकारहरु रमिते बन्नु र मानवतावादनै संकटमा परेको नेपाली समाजको वस्तुगत यथार्थतामा आँखा चिम्लनु अत्यन्तै खेदजनक बनेको छ । पार्टीगत युवा संगठनहरु पनि खासै युवाहरुको सीप, क्षमता र दक्षतालाई उजागर गर्ने कुनै कार्यक्रममा खास गम्भीर हुन नसकेको यथार्थता र पार्टीगत जित–हारलाई पहिलो र अन्तिम केन्द्र बनाउन उद्दत हुने प्रशस्त उदाहरणहरु हरेक समाजमा व्याप्त छन् ।

राष्ट्रव्यापीरुपमा युवाहरुले आफ्नो समाज र देश भित्र आफ्नो कुनै भविष्य देख्न नसकेर विदेश पलायन हुनु, दुव्र्यशनी बन्नु, चोरी डकैतीमा सामेल भई समाजमा दिन प्रतिदिन अमानवीय कार्य बढ्दै जानुले सिङ्गो देश र समाज दण्डहिनता र नैतिकताविहिन बनिरहेको छ र सम्हाल्नै नसकिने गरि सामाजिक मान्यताहरु भत्कदै जाँदा राष्ट्र निर्माणका साधन बन्नुपर्ने युवाहरु असफल राष्ट्रका माध्यम बन्ने सम्भावना बढेको छ । युवाविहिन राष्ट्रको रुपमा नेपाल विश्व बजारमा परिचित हुने खतरा उत्पन्न हुनु आम नेपालीहरुको चिन्ता र चासो बनेको छ । आजभोलि हामी सबैले सुशासन र समृद्धिका ठूलाठूला आवाज सुन्छौं तर, यसलाई व्यवहारिक रुप दिने दृष्टिकोणविहिन र विश्वसनीय वातावरण बन्न नसक्ने परिवेशलाई चिर्न नसक्दा निराशाजनक पीडामा छटपटाएका युवाहरुलाई शाहस र आत्मबल प्रदान गर्दै मानसिक रुपमा समाजभित्र नै आफ्नो जिवन भेटाउने उपर्युक्त ज्ञान, सीप र धारणा प्रदान गर्नु नेपालीको साझा कर्तव्य हो । आफ्नो कर्मप्रति विश्वास जगाउँदै सबै विकल्पहरुको खोजी गर्न सक्ने योग्य युवा उत्पादन गरी समाजलाई हस्तान्तरण गर्न अवको समृद्धि उत्तम विकल्प हो भने अर्ध दक्ष युवालाई दक्ष नागरिकको रुपमा परिणत गरि युवालाई सामाजिक समस्याको रुपमा नभई समाजको समाधान बन्ने युवा निर्माण गर्नु आजको अपरिहार्यता हो । कामका लागि विदेशिएका दक्ष र अर्ध दक्ष श्रीमजीवीहरुले अपनाएका पेशा व्यवसाय भन्दा उत्तम पेशा र व्यवसाय संचालन गर्न योग्य युवा निर्माण गरी देशलाई समृद्धशाली बनाउनु हाम्रो अहम्भूमिका हुनुपर्दछ भन्ने कुराको बोध गर्नु, हामी प्रतिवद्ध हुनु, संकल्प गर्नु वर्तमान अवसरको रुपमा लिनुपर्दछ भन्ने आम बुझाई रहेको छ ।

आजको पुस्ता भन्दा हिजोको पुस्ताको ज्ञान, सीप, र धारणा निश्चय पनि फरक थियो तर, अघिल्लो पुस्ता भन्दा आजको पुस्ता अत्यन्तै अब्बल छ । राज्यभित्र कामको खोजीमा भौतारिनुपर्दा अन्तिम विकल्पको रुपमा देश छोडेर विदेशिनेको संख्या दिनानुदिन अत्याधिक रुपमा बृद्धि हुँदै जानुले राष्ट्रमा अकल्पनीय संकट निर्माण हुँदैछ । देशभित्र काम गरेर खान पाउने अवस्था निर्माण नहुने अत्यन्तै डर लाग्दो सामाजिक चित्र सबै सामु छर्लङ्ग छ । आफ्नो परिवारलाई खुशी दिन नसक्दा जिम्मेवारी बोध गरी अरु देश बनाउन नेपाल छाड्ने बाध्यता कसले, किन र कसरी निर्माण ग¥यो पुष्टि हुनेनै छ । तर, एउटा स्वाभिमानी नेपालीको सामाजिक जिवननै बर्बाद हुने अवस्था निर्माण गर्ने राज्य संचालकहरु प्रायः असफल भएका छन् । २१ आँै शताब्दीका नेपाली युवाको संकटयुक्त परिवेश अन्त्य गर्ने लक्ष्य सबैले निर्माण गर्नु पर्दछ भन्ने अटल विश्वास लिएर साझा संकल्प लिनु अनिवार्य छ । समाजमा पहिचान र आत्मसम्मान पाउने वातावरण नहुँदा राष्ट्रियता अत्यन्त कमजोर बन्दछ । त्यसैले जिवन व्यवस्थापन गर्ने सिप र ज्ञान प्रदान गरी युवाप्रति न्याय गर्नु हामी सबैको दायित्व बनेको छ । त्यसका लागि हामी समास्या दबाउन मात्र होइन, समाधान खोज्ने बाटो हिँड्नु वर्तमान समयको माग हो ।

जेसीज गतिशील नेतृत्वको संगठन हो । जसले नतिजामा विश्वास गर्दछ । देशको वर्तमान संकट भनेकै गतिशील नेतृत्वले समाजको नेतृत्व नगर्नु र दलहरु वीचको अस्वस्थ प्रतिस्पर्धाबाट निर्माण गरिसकेका प्रायः अधिकांश नेतृत्वहरु नतिजा केन्द्रित नबन्नु के हो ? जानेर नेतृत्व गर्दा भन्दा फरक परिणामको अपेक्षा गर्नुको अर्थ हुँदैन । नेपाल जेसीजका ९० प्रतिशत भन्दा बढी सदस्यहरु प्रायः समाज र राष्ट्रमा स्थापित नागरिकको रुपमा परिचित छन् । देशको वर्तमान विकराल अवस्थाको अन्त्य गर्न हरेक व्यक्ति, संस्था, सरकारहरु सबैको साझा जिम्मेवारी हो र सबैले कर्तव्यबोध गर्न नितान्त जरुरी छ । जेसीज १८–४० वर्ष सम्मका युवाहरुको खास संगठन भएका कारणले यस संस्थाले युवाहरुको अधिकतम क्षमता निर्माणमा समय खर्चनु पर्ने आवश्यकता देखिएको अवस्थामा हाम्रा नीति र कार्यक्रमहरु नतिजामुखि बनाउनु नितान्त जरुरी छ । युवाहरुलाई दक्ष व्यक्तिको रुपमा उत्पादन गर्न कारखाना जस्तै भूमिका खेलेको नेपाल जेसीजले स्थापनाकालदेखि हालसम्म गरेका सतप्रयासहरुले नेपाली समाजको विश्वास जितेको छ । हाम्रा शाखाहरु कति छन ? र सदस्यहरु कति भए ? भन्ने विषय जेसीज आन्दोलनको लागि गौण विषय हो । दक्ष, योग्य र देशमा केही गर्न सकिन्छ भन्ने हिम्मत भएका युवाहरु हामीले कति निर्माण ग¥यौं र तिनीहरुले समाज र राष्ट्रका लागि के कति योगदान गरिरहेका छन् भन्ने कुराले प्रमाणित गर्दछ ।

जेसीज युवाहरु परिवर्तनका लागि आफुलाई नेतृत्व गर्न सक्षम बन्नु पहिलो शर्त हो । आफुलाई नेतृत्व गर्न सक्ने व्यक्तिले मात्र समाज र राष्ट्रको नेतृत्व गर्न सक्ने कुरामा रतिभर शंका छैन । सफल नागरिकको रुपमा जिवन व्यतित गर्न आवश्यक पर्ने आधारभूत विषयहरु र सामाजिक आवश्यकतालाई केन्द्रमा राखेर श्रमप्रति सर्मपण र सम्मान गर्ने नागरिक निर्माण गरी राष्ट्रिय समस्यामा समाधान खोज्नु जेसीजहरुको कर्तव्य हो । युवाको शक्तिलाई राष्ट्रिय सम्पत्तीको रुपमा प्रयोगमा ल्याउने देश मात्र संसारका विकसित देशको रुपमा स्थापित छन् । त्यसैले जेसीजले आफ्नो संस्थामार्फत, आफ्नो अभियानमार्फत राष्ट्रिय दबाव सृर्जना गर्न आवश्यक पैरवी गर्ने कार्यलाई उच्च प्राथमिकता राख्नु अनिवार्य छ ।

जेसीजको माध्यमबाट हरेक नेपाली युवालाई आफ्नै समाजभित्र आफ्नो जीवन देख्ने वातावरण सिर्जना गर्न पैरवी तथा सहकार्यका अभियानहरु संचालन गरी दक्ष, जिम्मेवार, सक्षम र सिपयुक्त जनशक्ति निर्माणलाई केन्द्रबिन्दू बनाएर अघि बढ्ने सन्देश दिन बुटवल जेसीजको अतिथ्यतामा हुने जेसीजको ५० औं राष्ट्रिय महाधिवेशनले नयाँ इतिहास लेख्नेछ भन्ने विश्वास लिएको छु ।
धन्यवाद ! जय जेसीज !!