प्रेम बानियाँ भन्छ्न् : नेपालमा दुर्घटनालाई पनि स्तरीकरण गरिन्छ !

माघ २, काठमाडौं । पत्रकार तथा सामाजिक अभियान्ता प्रेम बानियाँले नेपालमा दुर्घटना र मृत्युलाई स्तरीकरण गरेको आरोप लगाएका छ्न् । हिजो आइतबार पोखरमा यति एयरको एटिआर जहाज अवतरणका क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनामा ७२ जनाको मृत्यु भएको थियो ।

जहाज दुर्घटना शोकमा सरकारले आज सोमबार देशभर सार्वजनिक बिदाको घोषणा गरेको छ । उक्त कुरालाई ब्यांगे गर्दै बानियाँले बिमान दुर्घटना हुदाँ सरकारले सार्वजानिक बिदा दिने तर सवारी दुर्घटना भएर नेपालीहरूको ज्यान जाँदा यस्ता कुनै गतिबिधि नगरोको आरोप लगाएका हुन् ।

यसरी सरकारले नै सामान्य वर्ग र उच्च वर्ग भनेर दुर्घटनाको समेत स्तरीकरण गरेको भन्दै बानियाँले सामाजिक संजाल फेसबुकमा लेखेका छ्न् : “बिमान दुर्घटना भएकाले देशका सम्पूर्ण सरकारी सेवाहरू बन्द गर्दै आज सार्वजनिक बिदा रे ! हो र ? बस पल्टिएर पनि त धेरै नेपालीजनको ज्यान गएको छ ! बस चढ्नेहरूलाई ‘गरीब’ ठानेर होला यसो नगरेको ! बाढीपहिरो, भूकम्प अनि ? जहाँ मृत्युलाई पनि ‘स्टन्ट र स्तरिकरण’ गरिन्छ !”