मेयर बालेनले भनें, – राजा फर्काउछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजा फर्काउछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा रहेको भन्दै टिप्पणी गरेका छन् ।

प्रजा भने सधैँ सास्तीमा रहेको उनको टिप्पणी छ । नयाँ सरकार गठनलगत्तै बालेनको यस्तो टिप्पणी आएको हो ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा हामी प्रजा सधैँ सास्तीमा ।”