संखुवासभामा भाइको कुटपिटबाट दाजुको मृत्यु

संखुवासभाको सभापोखरी गाँउपालिका- ३ एथुम्बुमा भाईको कुटपिटबाट दाजुको मृत्यु भएको छ । सामान्य घरायसी बिवादका कारण ४१ बर्षीय सनमान राइलाई उनका भाई ३८ बर्षिय प्रविन राईले कुटपिट गरेका थिए । भाईको कुटपिटबाट दिउँसो घाईते भएका दाईको सोहि दिन बेलुका साढे ८ बजे आफ्नै घरमा मृत्यु भएको थियो ।

आफ्नै दाइलाई कुटपिट गर्ने प्रविनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । भाईको कुटपिटले गर्दा सनमानको मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाह्रविसेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेकोे प्रहरीले जनाएको छ ।