माइक्रो दुर्घटना हुँदा १९ जना घाइते

धनकुटामा नगरपालिका -९ मूलघाट-रुद्रबारीमा माइक्रोबस दुर्घटना हुदा १९ जना घाइते भएका छन । काठमाडौँबाट संखुवासभा तर्फ जाँदै गरेको बा ५ ख ७२४ नं को माइक्रोबस बिहान २ः१५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उनीहरु सबैको उद्दार गरी ९ जनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र बाँकीलाई जिल्ला अस्पताल धनकुटा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

घाइतेमध्ये केहीको उपचारपछि निकाे भइ डिस्चार्ज भइसकेको मूलघाट प्रहरी चौकीले जनाएको छ ।
माइक्रो बसअनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
बाँकि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।