साउथ एसिएन स्कलर्स एकेडेमीको शुभहोटलमा भोज,

बिद्यार्थीहरुलाई बिदाई, सम्मान तथा पुरस्कार बितरण

सुर्खेतको वीरेन्द्रनगरमा संचालित साउथ एसिएन स्कलर्स एकेडेमीले तामझामका साथ बिद्यार्थीहरुको बिदाई, सम्मान तथा पुरस्कार बितरण कार्यक्रम आयोजना गरेको छ । बिद्यालयमा अध्ययनरत कक्षा ११ का बिद्यार्थीहरुले कक्षा १२ का बिद्यार्थीहरुलाई बिदाई गरेका छन् भने बिद्यालयले उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरेको छ । कार्यक्रममा बिद्यालयमा अध्ययन गरी १२ कक्षा उतिर्ण भएका र कक्षा ११ का बिद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरिएको थियो । हरेक बर्ष जसो बिद्यार्थीहरुको बिदाई तामझामका साथ गर्दै आईरहेको एकेडेमीले यसपटक शुभ होटलमा भब्य कार्यक्रमको आयोजना गरी १२ कक्षाका बिद्यार्थीहरुलाई बिदाई गरेको हो ।

बिदाईका क्रममा बिभिन्न बिद्यार्थीहरुलाई बिभिन्न सास्कृतिक नाच र प्रतिभाहरु प्रस्तुत गरेका थिए । सांगितिक कार्यक्रममा सहभागी बिद्यार्थीहरुलाई आफु बसेकै ठाँउमा नाच्ने र हुटिंग गरेर खुसी ब्यक्त गरेका थिए । कार्यक्रमका बिषयमा लाईका खबरलाई छोटो प्रतिक्रीया दिदै बिद्यालयका कार्यकारी प्रमुख छत्र बडुवालले बिद्यार्थीहरुको खुसीको लागि यो कार्यक्रमको आयोजना गरिएको बताए । हाम्रो ध्यान अघिल्ला दिनहरुमा प्रायजसो कितावी ज्ञानमै फोकस हुन्छ । बिद्यार्थीहरुलाई कसरी सफल बनाउनेमै हाम्रो सम्पुर्ण ध्यान गएको हुन्छ ।

आज हामी सफल भयौ । कक्षा १२ बिद्यार्थीहरुले एक लेभलको सिकाईको अध्यय पुरा गरेका छन् । यही खुसीमा आज बिद्यार्थीहरुपनी खुसी मनाईरहेका छन र हामी शिक्षकहरुपनी बिद्यार्थीहरुको सफलतामा रमाईरहेका छौ ।

साउथ एसियन स्कलर्स एकेडेमीका निर्देशक गणेश अधिकारीले भने आजको दिन शिक्षक बिद्यार्थी र बिद्यालय परिवार सबैले एकैपटक खुसी प्राप्त गरेको दिन । यो दिनलाई सम्झन लायक बनाउन आज बिद्यार्थीहरुसंग बसेर बिद्यालय परिवारले खुसी साटने मेलो मेसो मिलाएको हो । हामी १२ कक्षाको बिद्यार्थीको सफलतासंग खुसी त छौ नै, कार्यक्रममा उपस्थित भएर बेप्रवाह रमाईरहेका बिद्यार्थीहरु देखेर झन खुसी भएका छौ । आज कक्षा ११ का बिद्यार्थीहरुलाई आफुभन्दा सिनियर १२ कक्षाका बिद्यार्थीहरुलाई बिदाई गरेर भावनात्मक सम्बन्ध बलियो बनाएका छन र यही मौकामा बिद्यालय परिवारले समेत बिभिन्न बिधामा उत्कृष्ट बिद्यार्थीहरुलाई सम्मान र पुरस्कार बितरण गरेको छ ।