गुराँस गाँउपालिकामा तेश्रो राष्ट्रपती रनिङ्गशिल्ड तथा दोश्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न

दैलेखको गुराँस गाँउपालिकामा तेश्रो राष्ट्रपती रनिङ्गशिल्ड तथा दोश्रो अध्यक्षकप खुल्ला खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
पौष १६ गते बिधिवत रुपमा सुरु भएको खेलकुद प्रतियोगिता यही १९ गते सम्पन्न भएको छ । खेलकुदमा पालिकाका बिभिन्न स्थानमा रहेका १३ बिद्यालयहरुले सहभागिता जनाएका थिए । सहभागी बिद्यालय तथा बिभिन्न स्थानबाट प्रतियोगितामा भाग लिएका बिद्यार्थीहरुलाई भलिवल, लमजम्प, हाईजम्प, कबड्डी, दौड, डोरीतान, त्रिवलजम्प जस्ता बिभिन्न खेलमा प्रतिष्प्रधा गराईएको थियो ।

बिद्यालयका प्रधानाध्यापक नयाँराम शाही अनुसार प्रतियोगितामा भाग लिएका मध्य लक्ष्मी मावी रतिखोला स्वर्ण १२, रजत, २ र कास्य ३ गरी प्रथम, दुर्गादेवी मावी पुलिया स्वर्ण ४ रजत, २ कास्य ३ गरी दोश्रो र जय जनतामावी जोरेवाज स्वर्ण ३ रजत ५ र कास्य २ गरी तेश्रो स्थान हात पार्न सफल भएका थिए । प्रतियोगिकता संचालन भएको स्थान लक्ष्मी मावी रातीखोला बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम बहादुर खड्काले यो प्रतियोगिता संचालनले आफुहरुलाई उत्साह थपेको बताए । उनले भने यो जाडो मौसमको समेत कुनै प्रवाह नगरी प्रतियोगितामा सहभागि हुने सबैलाई धन्यवाद दिन चाहन्छु ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै गुराँस गाँउपालिकाका अध्यक्ष टोप बिसीले बिजेता सबैलाई बधाई दिदै सहभागी सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रममा बोल्दै उनले खेलकुद क्षेत्र हेर्दा सामान्य लागेपनी यसले देश र भुगोलको शिर ठाडो बनाउने ल्याकत राख्ने बताएका छन् । उनले खेलाडीहरुलाई उच्च मनोवलका साथ खेल क्षेत्रमा आउन आग्रह गर्दै पालिकाका तर्फबाट खेलाडी भाईबहिनीका लागि गर्नु पर्ने आवश्यक सहयोगको लागि पछि नपर्ने बताए ।