मध्यरातमा बराहाताल गाउँपालिकाको गाडि दुर्घटना

वैशाख १९, सुर्खेत । सुर्खेतको बराहाताल गाउँपालिकाको गाडि दुर्घटनामा परेको छ । बराहताल गाउँपालिका वडा नं, ५ मा पर्ने बड्डिचौर भन्दा अगाडि पर्ने हल्दु भन्ने ठाउँमा गाडि दुर्घटनामा परेको हो ।

स्रोतले दिएको जानकारी अनुसार पालिकाको पुरानो गाडि गएराति १२ बजे दुर्घटनामा परेको हो । तर, गाउँपालिका अध्यक्ष भिम भण्डारीले भनें गाडि सोमबार साझँ ७ बजेतिर दुर्घटनामा परेको बताएका छ्न् ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी पुन मगरले आफुलाई घर पुर्याएर फर्कने क्रममा करिव ८ बजे तिर गाडी दुर्घटना परेको जानकारी दिईन । उनले बताए अनुसार दुर्घटना का क्रममा गाडी चालक मात्र सवार थिए ।

पालिका अध्यक्षले दुर्घटनामा सामान्य भौतिक क्षति बाहेक अन्य कुनै पनि मानविय क्षति नभएको बताएका छ्न् । “साझँ ७ बजेतिर गाउँपालिका उपाध्यक्षलाई पुर्याउन गएको बेला ट्रकले ओभर ट्याक गर्दा सडक छेउबाट थोरै तल खसेको हो” उनले भनेंका छ्न् ।

कुनै मानविय क्षति नभई गाडिको मात्र दुर्घटना भएपछि पालिका का केहि नागरिकहरूले उक्त घटनाको आलोचनासमेत गरिरहेका छ्न् । कतिपयले नयाँ गाडि किनेपछि नियोजित तरिकाले पुरानो गाडीको दुर्घटना गराईएको आरोप लगाएका छन् ।

अध्यक्षले बताए अनुसार पालिकाले २/३ महिना अगाडी नयाँ गाडि खरिद गरेको थियो । नयाँ गाडी खरिद गरिसकेपछि पुरानो गाडिलाई गाउँपालिका का अन्य कामकाजि परियोजनका लागि मात्र प्रयोग गर्ने गरिएको थियो ।

पालिका निकट स्रोतले दिएको जानकारी अनुसार पालिका अध्यक्ष भिम भण्डारी केहिदिन अघिमात्र हवाईमार्ग भएर काठमाडौं गएका छन् । काठमाडौं गईसकेपछि उनले गाउँपालिकाको नयाँ गाडीलाई काठमाडौं नै बोलाएका थिए । पुरानो गाडि गाउँपालिकामै थियो । जनताका कामको छिटो प्रतिकृया दिन सकियोस् भनेर नयाँ गाडि गरिद गर्नुपरेको अध्यक्षले बताएका छन् ।

पालिकाले यहि वैशाख २० गते सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । सुनुवाई कार्यक्रममा समेत पालिकाको गाडी हुदाँहुदै नयाँ गाडि किन खरिद गरियो भन्ने बिषयमा जवाफ माग्ने तयरीसमेत गरिएको पाईएको छ ।