यो पार्टीलाई फुट्न दिइँदैन, : महेन्द्र राय यादव

जनता समाजवादी पार्टी(जसपा) बाबुराम भट्टराई पक्षका वरिष्ठ नेता महेन्द्र राय यादवले पार्टीलाई फुट्न नदिने उस्तै परे लड्ने समेत बताए । बाबुराम पक्षको केन्द्रीय समिति बैठकमा बोल्दै यादवले आफ्नै पसिनाको बलमा यहाँसम्म आएको पनि बताएका छन् ।
‘हामी फुटेर होइन जुटेर यहाँसम्म आइपुगेका छौँ । जनता तत्कालीन राजपाको हो छाता तत्कालीन राजपाको हो । यसमा समान अधिकार छ । यो पार्टीलाई फुट्न दिइँदैन लडिन्छ’ यादवले भने, ‘यो हो हाम्रो अभियान हो । यो अभियानमा जुट्न सबै साथीहरूलाई अनुरोध गर्दछु । हामीलाई बोल्न नदिने, बैठक नै नबोलाउने स्थिति भयो । हाम्रो आवाजलाई सुनाउन नदिने अवस्था भएको छ । यहाँबाट हामीले आफ्नो कुरा राख्न लागेका छौ ।’ यहीँ बैठकबाट जसपा समस्या समाधान भएन भने देशैभर पार्टी एकताको अभियान लिएर जाने यादवले बताए । उपेन्द्र यादवप्रति लक्षित गर्दै यादवले छोरी कुटेर बुहारी तर्साएको समेत बताएका छन् । ‘एउटा कहावत छ । छोरीलाई कुटेर बुहारीलाई तर्साउने ? यो देशमा सबैले बलिदान गरेका छन् सबैको योगदान छ । कसैको दायाँ बायाँमा आएको हो ? सबै आफ्नो आफ्नो पसिना बगाएर यहाँसम्म आइपुगेका छौँ’ यादवले भने । रातोपाटिमा समाचार छ ।