कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी

कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा शिवदयाल तिवारी र उपाध्यक्षमा गुन्जादेवी मौर्या विजय भएका छन् ।

निर्वाचन कार्यालयका अनुसार तिवारीले ४ हजार ४ सय ६२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका अनुप कुमार पाण्डेयले ३ हजार २ सय मत प्राप्त गरेका छन् । उपाध्यक्षमा निर्वाचित मौर्याले ४ हजार ४५ मत ल्याइन् । निकटतम प्रतिस्पर्धी काँग्रेसकी बिन्द्रावती यादवले ३ हजार २३७ मत प्राप्त गरेकी छन् ।