भरतपुर महानगरपालिकामा रेनु दाहाल १५ हजार ७४७ मतले अगाडि

काठमाडौँ
भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले १५ हजार ७४७ मत ल्याएर अग्रता कायम राखेकी छन् ।

बिहीबार मध्याह्न सम्म ४१ हजार ४१४ मत गनिसक्दा नेकपा एमालेका विजय सुवेदी १२ हजार ६१९ मतले पछ्याइ रहेका छन् ।
कांग्रेसका बागि उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ५१३ मत ल्याएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी १८ हजार २४० मतले अगाडि छन् । उनका प्रतिस्पर्धी राप्रपा उम्मेदवार हिमला गुरुङको मत १० हजार १३६ मात्र छ ।