पैँसा कमाउने भए राजनीति होइन, व्यापारमा लाग्नुहोस् : बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले आफ्नो पार्टीको उम्मेदवारी नेपाली काँग्रेस र नेकपा एमालेको दुई दलीय तानाशाही विरुद्ध भएको जनाए । निर्वाचन विचारको लडाई हुनुपर्ने भन्दै उनले जित्नकै लागि काँग्रेसले नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी लगायतका पाँंच दलीय गठबन्धन बनाउनु र एमालेले पनि राप्रपा लगायतका दलहरूसँंग गठबन्धन गर्नु सिद्धान्तहिन राजनीति भएको बताएका छन् ।
‘राजनीति पद, पैसा र पावरको लागि गर्ने होइन, यो त देश र जनताका लागि गर्ने हो, नेपाल मजदुर किसान पार्टी ७ नम्बर वडा निर्वाचन परिचालन समिति भक्तपुरले सोमबार गरेको जनतासँंगको साक्षात्कार कार्यक्रममा बिजुक्छेंले भने, ‘ पैसा कमाउने भए राजनीति होइन, व्यापार व्यवसायमा लाग्नुहोस् ।’ उनले यस पटकको निर्वाचन देश बचाउने की नबचाउने भन्ने दुई पक्षबीचको लडाई भएको जनाए ।
एउटा पक्ष एमसीसी पास गरेर देश बेच्ने पक्षमा रहेको र अर्को पक्ष एमसीसीका विरुद्ध लागेर देश जोगाउने पक्षमा रहेको उनको भनाइ छ । आफूहरू एमसीसीको विपक्षीमा रहेर निरन्तर देश जोगाउने पक्षमा रहेको उनको भनाइ थियो । उनले एमसीसी पास गरिसकेपछि पनि आफूहरूको निरन्तर विरोध भइरहने बताए ।