कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य मन्त्रालयले छुट्टायो ३४ करोड

कर्णाली प्रदेश अस्पताल । फाइल तस्विर

सुर्खेत, २३ चैत्र । कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य मन्त्रालयले ३४ करोड रकम छुट्याएको छ । मगंलबार सुर्खेत आएका स्वास्थ्य मन्त्री खतिवडाले अत्याधुनिक एमाआरआई मेसिनका लागि करिब २० करोड र अन्य आवश्यक सामाग्रीका लागी १४ करोड रकम छुट्टाएका हुन् ।

स्थानीय तहमा जिर्ण उपमा रहेका स्वास्थ्य चौकी र अहीलेसम्म भाडामा बसेर सेवा सुविधा दिदै आएका जती पनि स्वास्थ्य चौकीहरु छन् त्यस्ता स्वास्थ्य चौकीहरुको व्यवस्थापन गर्न आफु लागी परेको पनि बताए ।

छिट्टैनै अक्सिजन कन्सन्ट्रेटर आईसियुउ भएको ठाउमा भेन्टिलेट्र र अक्सिजन सिलिन्डर नभएको ठाउँमा तत्काल आफुहरु दिन सक्ने अबस्थामा रहेको र अत्यन्तै जरुरी ठाउँको लागि अल्ट्रा साउण्ड मेसिन, एक्स-रे मेसिन दिनुपर्ने हुनसक्छ भनेर करिब १७८ वटा अल्ट्रा साउण्ड मेसिनको टेण्डर भएको पनि मन्त्री खतिवडाले बताए ।