गठबन्धन नहुँदा बालबाल जितेको हुँ, गठबन्धन नगरी कसरी हुन्छ ? – देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७५ सालको संसदीय चुनावमा गठबन्धन नहुँदा आफूले बालबाल जितेको भन्दै अबको चुनावमा गठबन्धन गरेरै जानु पर्ने बताएका छन् ।
केन्द्रीय कार्य समिति बैठकमा शेखर कोइरालासहितका केही नेताले गठबन्धनको विरोधमा कुरा राखेपछि सभापति देउवाले गठबन्धन गरेर जाँदा नै सबैले जित्ने बताए ।


‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार,’ केन्द्रीय समिति बैठकमा उनले प्रश्न गरे, ‘गठबन्धन नगरी कसरी हुन्छ ? पहिला धेरै साथीले हारेका हैनन् र ?’
विगतमा माओवादीले आफूलाई समेत गोली हानेकै प्रशंग निकाल्दै देउवाले पुराना कुरा भुलेर माओवादीसँग गठबन्धन गरेर नै अघि बढ्नु पर्ने बताए ।
उनले भने, ‘मेरो आइडोलोजीमा शंका नगर्नुहोस, धेरै लडेको मान्छे हुँ, म अब फेरि पार्टी सभापति हुने होइन, अहिलेको अवस्था त हेर्नु पर्‍यो नि ।’