बर्दियामा ट्रक दुर्घटना, चालकको मृत्यु

दुघर्टना ग्रस्त ट्रक

बर्दिया,१३ | कोहोलपुर बाट सुर्खेत आउदै गरेको लु २ ख ८७९ नम्बरको ट्रक दुर्घटनामा परेको छ । सोमबार बिहान करिव १० बजे तिर बर्दियाको बासगढी नगरपालिका-१ देउरालीमा लु २ ख ८७९ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।

ईलाका प्रहरी कार्यालय मोतीपुर बर्दियाका अनुसार ट्र्क सडकबाट ६० मिटर तल खसेको थियो । दुर्घटनामा ट्रक चालक ३६ वर्षिय सुर्यगडि गाउपालिका १ नुवाकोटका सोमु तामाङको घट्नास्थलमै मृत्यु भएको छ । उनी सगैँ ट्रकमा सवार नाम नखुलेका अन्दाजी २५ बर्षीय युवक गम्भीर घाइते भएका छन् ।

घाइतेलाइ उपचारका लागी कोहोलपुर स्थित मेडीकल कलेज अस्पताल पठाइएको छ ।