रुसीले युक्रेनीहरुका लागि नागरिकता दिने प्रक्रिया युक्रेनद्वारा विरोध

युक्रेनका विदेश मन्त्रीले युक्रेनीहरुका लागि रुसी नागरिकता लिने प्रक्रिया सजिलो बनाउन राष्ट्रपति भ्लादिमिर पुटिनले जारी गरेको अध्यादेशको आलोचना भएको छ । ‘उल्लेखित अध्यादेश युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय खण्डतामाथिको अर्को हस्तक्षेप हो । यो अन्तर्राष्ट्रिय कानुनको सिद्धान्त र मूल्य अनुरुप छैन ,’ मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

‘युक्रेनीलाई पुटिनको नागरिकता चाहिँदैन । बलपूर्वक यो लागु गर्ने प्रयास असफल हुनेछ ,’ विदेशमन्त्री द्मीत्रो कुबेलाले भने । कुबेलाले सोमबार अध्यादेशलाई ‘निकम्मा’ र ‘पुटिनको आक्रमक प्रवृति’को प्रमाणका रुपमा देखाएका छन् ।