सुर्खेत होराईजन एकेडेमीका बिद्यार्थीद्धारा बृद्धाश्रमलाई सहयोग

सुर्खेत होराईजन एकेडेमीमा ७ कक्षामा अध्ययनरत बिद्यार्थीहरुले सुर्खेतमै संचालित प्रशान्ति बृद्धाश्रममा सहयोग हस्तान्तरण गरेका छन् । उनिहरुले मुठ्ठिीदानबाट संकलन भएको सहयोग सामग्री हस्तान्तरण गरेका हुन ।

कक्षा ७ मा अध्ययनरत बिद्यार्थीहरुले सरस्वती पुजाको अवसर पारेर मुठ्ठीदान संकलन गरेका थिए । बिद्यार्थीहरुका बिचमा सहयोगी भावना बनोस र सामुहिक कार्यको शक्तीको अन्दाज होस भनेर पनी बिद्यालयले यो खालको अवसर प्रदान गरेको बिद्यालयका प्रिन्सीपल घनश्याम खड्काले जानकारी दिए । उनले भने हामीले हरेक बर्ष यस्ता खालका कार्यक्रमहरु संचालन गर्दै आईरहेका छौ र आगामी दिनमा पनी यसलाई निरन्तरता दिने सोचमा छौ ।

मुठ्ठीदान कार्यक्रमले बिद्यार्थीहरुले आफुले सहयोग संकलन गर्दा मुठ्ठी बराबर संकलन गरेका हुन्छन भने दिँदा धेरै परिणाममा हस्तान्तरण गरेका हुन्छन । यसले बिद्यार्थीहरुलाई ब्यवहारिक रुपमै सामुहिक काम कति शक्तीशाली हुन्छ भन्ने कुराको बोध गराएको हुन्छ ।