सहकारी दिवसकै दिन सुर्खेतमा सहकारी पिडितको पत्रकार सम्मेलन

सहकारीमा शुसासन प्रविधी र एकीकरण भन्ने मुल नाराका साथ कर्णालीमा ६७ औ सहकारी दिवस मनाईरहँदा लघुबित्त पिडितहरूले भने आजै पत्रकार सम्मेलन गरेका छन् । सम्मेलनमा कर्णाली प्रदेशका अध्यक्ष आशा संजेलले हस्ताक्षर गरी जारी गरिएको बिज्ञप्तीमा के छ हेर्नुहोस ।

प्रेस विजप्ती
हाम्रो बिगत करिब ३ बर्ष देखीको निरन्तर संघर्ष द्धारा गत चैत १र२ गते नेपाल सरकार र हाम्रो संघर्ष समिति बिच ६ बुँदे सहमती सहित ६० दिनभित्र कार्यदलद्वारा सरकारलाई सुझाव पेश गर्ने गरी र २ गते बेलुका नै राष्ट्र बैंकका डिपुटी गभर्नर संयोजक रहने गरी सरकार को पक्षबाट ४ जना र हाम्रो संघर्ष समितिको पक्षबाट ३ जना गरी ७ सदस्यीय कार्यदल गठन, सिईओ हरूलाई त्यस्तो गैरकानूनी कार्य नगर्न नगराउन निर्देशन दिने र गृहमन्त्रालयका प्रतिनिधि द्वारा यस्ता गैरकानुनी कार्य गर्नेहरुलाई कार्वाही गर्न सबै जिल्ला प्रशासनहरुलाई अनुरोध गर्ने प्रतिबद्धता गरिएकाले हामी पनि विश्वासको आधारमा सहमति गरिएको कुरा जानकारी गराउदछौ ।

तर लघुबित्तका कर्मचारीहरूभने विगतकै शैलीमा पिडीत सदस्यहरुलाई विभिन्न नाममा कालोशुची, धितो लिलाम, पानी द्वारा काट्ने लगायतका धम्की र जिउदै मृत्यु दर्ता माग्ने । अमानवीय व्यवहारहरु व्यापकरूपमा गरिरहेका घट्‌ना र खबरहरू आईरहेका छन् । यस्ता अमानवीय व्यवहार देखाउने नघुवित्तका संचालक र सिइओहरूले शान्तिपूर्ण निकास नचाहेको अनुभूती हुन लागेको छ । यसका ज्वलन्त उदाहरणहरु दैलेख, सुर्खेत, सन्यान, जुम्ला, जाजरकोट, कालिकोट, हुम्ला, मुगु, र पछिल्लो पटक एन आई सी एसीया, इन्टीफीटी, बिजय लघु वित्त, निर्धन, डिप्रोक्स, छिमेकी, कालिका, जाल्पा, महिला सहयात्रा, चौतरी, आशा, आदीका कर्मचारीहरुले गाउँगाउँमा ज्यादती गरेका कारण पिडीतहरूले सचेत गराउदै गर्दा भ्रमपूर्ण विज्ञप्ती सार्वजनिक भएको छ । उक्त विज्ञप्ती प्रति खेद प्रकट गर्दछौ ।

आफूहरुले अनुत्पादक क्षेत्र र मुनाफामा केन्द्रित लगानी तथा राष्ट्र बैंकको निर्देशिका विपरित कार्य गर्ने, आर्थिक र सामाजिक शोषण गर्ने अनि न्याय माग्दै गर्दा र सरकार सकारात्मक हुदाहुदै पनि विभिन्न कारणले उत्पात मच्चाएको कुरा आईरहेका छन । यस्ता गतिविधि लाई राष्ट्र बैंकले अंकुस लगाउन नसक्ने हो भने शान्तिपूर्ण तरिकाले वार्ता द्वारा निकास निकाल्न सबैभन्दा धेरै बाधक लघुवित्तका संञ्चालक र कर्मचारीहरू उद्दत रहेको देखिन्छ । हामी सरकारले निकास छिटो निकालोस भन्ने पक्षमा गम्भीर रुपले लागि रहेका छौ । हाम्रो मौनतालाई कमजोरीका रूपमा लिने उक्त सञ्चालक र कर्मचारीहरुलाई हामी के भन्न चाहान्छौ भने तपाईहरुका यस्ता हर्कतहरूबाट पछि हटेर हामी आन्दोलन रोकेका होइनौं कि हाम्रो माग नेपाल सरकारसंग रहेकाले बार्ता द्वारा निकास निकाल्न खोजिएको हो ।

यस्ता गतिविधिका कारण पिडितहरू भडकियर बार्ता असफल हुने बाताबरण बनेमा हामी सम्पूर्ण तागत सहित लघुवित्त बिरूद्ध केन्दित आन्दोलन गर्न नपरोस । त्यस्तो अवस्था सिर्जना भएमा यसको जिम्मेवारी लघुवित्त संचालक र कर्मचारीहरुले नै लिनुपर्नेछ । त्यसैले सम्पूर्ण पक्षहरू जिम्मेवार भई बार्ता द्वारा निकास निकाल्न पहल गर्नुहुन हार्दिक अनुरोध गर्दछौ । साथै हामी संघर्ष समितिमा आवद्ध केही अभियान्ताहरूमा कहिलेकाही देखिने अराजकता मध्य अनुशासन पद्धति प्रक्रिया विपरित आर्थिक हिनामिना गर्ने सदस्यहरुलाई प्रदेशको नियम विपरित जाने अभियान्ताहरूई कार्वाही गरिने जानकारी गराउछौ ।

आयब्यव प्रस्तुत नगर्ने पिडीतहरूलाई केन्द्रीय नीति विपरितका क्रियाकलाप गर्दै प्रताडित गर्ने खालका अराजक गतिविधि गरेको पाईएकोले प्रदेश कार्यालय गम्भीर बन्दै आजका मिति देखि उक्त जिल्ला समिति र नगरपालिका गाउँपालिका बडा टोल सम्मका अभियान्ताहरुमा नगराउनुहुन विशेष अनुरोध गर्दछौ समाज रहेसम्म केही गलत प्रवृत्तिहरु देखापर्दै जाने र यस्ता प्रबृत्तीका विरुद्ध संघर्ष गर्दै जाने हाम्रो जिम्मेवारी रहेकाले एकजुट भएर अगाडि बढ्नुहुन हार्दिक अनुरोध गर्दछौ । अहिले हामी बार्ताद्वारा निकास निकाल्ने पहल भईरहेकाले बिरोध प्रदर्शनलाई स्थगित गरिएको र समस्याको समाधान नहुन्जेल काठमाडौंमा हाम्रो धर्ना कार्यक्रम निरन्तर चलिरहेकाले सम्पूर्ण न्यायप्रेमी जनसमुदाय हरूमा सहयोग, समर्थन र सहभागीताको लागि हार्दिक अनुरोध गर्दछौं जय संघर्ष

कर्णाली प्रदेश अध्यक्ष
आशा संजेल