वीरेन्द्रनगरमा सञ्चालित नगर माईक्रोबसको भाडा बढ्यो

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सञ्चालित नगर माइक्रोबसको भाडा बढेको छ ।

नेपाल आयल निगमले पटक पटक इन्धनको मुल्य बढाएको भन्दै संयुक्त यातायात व्यबस्थापन समितीले भोली भदौ १६ गतेबाट लागु हुने गरि नयाँ भाडा दर बनाएको हो ।

गत असार १ गतेबाट वीरेन्द्रनगर उपत्यकामा संयुक्त यातायात व्यबस्थापन समितीले नगर बस सञ्चालनमा ल्याएको थियो ।

संयुक्त यातायात व्यबस्थापन समितीले शुक्रबार जारी गरेको सुचना अनुसार नगर भित्र चल्ने माइक्रो बसको भाडा शनिबार देखि प्रतियात्री ३० रुपैयाँ लिने गरी भाडादर बढाइएको जानकारी दिएको छ ।

हाल संयुक्त यातायात नगर क्षेत्रका भित्री सडकहरु धुलियाविट, मंगलगढी, मुलपानी, प्रदेश अस्पताल, कुमाइचोक भएर हिलेखाली चोकबाट बाँगेसिमल हुँदै पुनः सोही रूट भएर फर्किन्छन् ।

निगमले पछिल्लो १५ दिनयता तीन पटक डिजेल/मट्टितेलको मूल्यवृद्धि गरि प्रतिलिटर पहिलो वर्गको १६७.५०, दोस्रो वर्गको १६९ र तेस्रो वर्गको १७० रुपैयाँ पुगेको जनाएको छ ।