आज सुनको मूल्य प्रतितोला ९४ हजार ५०० मा आयो

आज पनि सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको बताएको छ ।

हिजो तोलामा १०० रुपैयाँले घटेको सुनको मूल्य आज पुनः २०० ले घटेको महासंघले बताएको छ । छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ ।

जुन, हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९४ हजार २०० रुपैयाँ रहेको थियो । यसअघि, आइतबार तोलामा छापावाल सुनको मूल्य ९४ हजार ८०० रुपैयाँ र ९४ हजार ३०० रुपैयाँ रहेको छ ।

यसैगरी, महासंघका अनुसार आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ रहेको छ । जुन, हिजो ११ सय ८५ रुपैयाँ कायम थियो ।