गुर्भाकोटमा असल अभिभावकको भूमिका बारे एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बडाखोली युनाइटेड पब्लिक स्कुलको आयोजनामा गुर्भाकोट नगरपालिकामा असल अभिभावकको भूमिका बारे एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम जेस्ठ ४ गते गुर्भाकोट नगरपालिकाको सिटि हलमा संचालन भएको थियो। कार्यक्रमका मुख्य प्रशिक्षक मोटिभेसनल स्पिकर क्षेत्र प्रसाद ज्ञावालीले असल अभिभाबक को भूमिका दायित्व तथा काम र कर्तव्यको बारेमा उपस्थिति अभिभावक […]

सरकारले ९८ प्रकारका औषधी स्वदेशमै उत्पादन गर्ने

सरकारले ९८ प्रकारका औषधी स्वदेशमै उत्पादन गर्ने व्यवस्था मिलाउने भएको छ । आगामी आर्थिक बर्षका लागि सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे जानकारी दिएका हुन् । उनले भने-‘ औषधी व्यवस्था विभागलाई खाद्य, औषधी तथा स्वास्थ्य प्रविधि विभागमा रूपान्तरण गरिनेछ। आधारभूत स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक ९८ प्रकारका औषधी स्वदेशमा […]

सार्वजनिक क्षेत्रको अध्ययन विश्वविद्यालयबाट मात्रै

सरकारले आगामी आर्थिक वर्षदेखि राष्ट्रिय योजना आयोगलाई पूनःसंरचना गर्ने योजना अघि बढाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रि योजना आयोगको पुनःसंरचना गर्ने योजना सुनाएका हुन् ।उनले प्रतिनिधि सभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भने, ‘योजना आयोगलाई योजना तथा अनुगमनको केन्द्रीय निकायकोरुपमा विकास गरिनेछ ।’ यस्तै, नीति अनुसन्धानमा रहेको दोहोरोपना हटाउनुका साथै सार्वजनिक क्षेत्रबाट […]

अर्थतन्त्र सुधार्न यस्ता छन् सरकारका योजना

सरकारले आगामी आर्थिक वर्षमा वित्तीय र मौद्रिक तथा अन्य विषयमा क्षेत्रगत नीति तथा कार्यक्रमहरुको सामञ्जस्यपूणर् तरिकाले कार्यान्वयन गर्ने प्रतिबद्धता जाएर गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो प्रतिबद्धता गरेको हो । यस्तै, अर्थतन्त्रको समग्रमागमा आएको ह्रास, तरलताको संकुचन, मूल्यवृद्धि, न्यून पुँजीगत खर्च, घट्दो […]

सडक खाली नगरी संसद भवन पुगे राष्ट्रपति पौडेल (तस्बिरहरू)

सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वर पुगेका छन्।राष्ट्रपति पौडेल शितल निवासबाट संघीय संसद भवन नयाँ बानेश्वर जाँदा सडक खाली गराइएको थिएन। सडक खाली नगरी राष्ट्रपति शितल निवासबाट संघीय संसद भवन पुगेको प्रहरीले जनाएको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र भट्टका अनुसार सामान्य ट्राफिक व्यवस्थापनकै […]

राष्ट्रपति सडक खाली नगराई संसद भवन जाने

काठमाडौं,५ जेठ । संघीय संसदअन्तर्गतको दुबै सदनको संयुक्त बैठक आज बस्दैछ ।आजको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।पौडेल आज संसद भवन जाँदै छन् । उनी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न जान लागेका हुन् । राष्ट्रपति पौडेल संसद भवन जाँदा आज कुनैपनि तामझाम नगरिने भएको छ ।पौडेलले आफु संसद भवन […]

३ वटा कसुरमा साढे २८ वर्ष कैद सजाय मागदावीको राय बुझाउँदै प्रहरी

काठमाडौँ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार प्रहरीले ३ वटा कसुरमा सजाय गर्न मागदावी लिनुपर्ने राय सरकारी वकिललाई दिँदै छ । राष्ट्र हित प्रतिकुलको कसुर, […]

माओवादी उपाध्यक्ष सापकोटा सहितको टोली चीन प्रस्थान

काठमाडौँ,जेठ ५ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा सहितको २० सदस्यीय टोली आज चीन प्रस्थान गरेको छ । पूर्व सभामुख सापकोटा सहितको टोली आजै चीनको छिन्दुका लागि हिँडेको हो ।सापकोटासहित सचिव डिलाराम आचार्य, हितमान शाक्य, गणेश शाह सहित प्रदेश अध्यक्ष, जनवर्गीय संगठनका नेताहरु चीन जान लागेको भ्रमण दलका सदस्य जिपी मैनालीले बताए । चिनियाँ […]

प्रतितोला पाँच सय रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री?

शुक्रबार पनि नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला पाँच सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा […]

ट्विटरमा अब दुई घण्टाको भिडिओ अपलोड गर्न मिल्ने

ट्विटरमा ब्लू टिक भएका प्रयोगकर्ताहरूले दुई घण्टा लामो भिडिओ अपलोड गर्न पाउने भएका छन्। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इलन मस्कले बिहीबार एक ट्विटमार्फत यस्तो जानकारी गराएका हुन्। ’ट्विटर ब्लू भेरिफाइड सब्सक्राइबरहरूले अब दुई घण्टा लामो (८ जिबी) भिडिओ अपलोड गर्न पाउनेछन्!’ मस्कले ट्विटमा लेखेका छन्। यो भन्दा अघि प्रयोगकर्ताहरूले एक घण्टासम्मको भिडिओ अपलोड गर्न […]