राष्ट्रपति सडक खाली नगराई संसद भवन जाने

काठमाडौं,५ जेठ । संघीय संसदअन्तर्गतको दुबै सदनको संयुक्त बैठक आज बस्दैछ ।आजको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।पौडेल आज संसद भवन जाँदै छन् । उनी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न जान लागेका हुन् ।


राष्ट्रपति पौडेल संसद भवन जाँदा आज कुनैपनि तामझाम नगरिने भएको छ ।पौडेलले आफु संसद भवन जाँदा कुनैपनि तामझामको व्यवस्था नर्गन सम्पूणर् निकायलाई निर्देशनसमेत दिएका छन् ।
गत फागुन २५ मा निर्वाचित पौडेलले पहिलो पटक सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् । तर, सामान्य रूपमा संसद् गएर फर्कने राष्ट्रपति पौडेलको तयारी रहेको बताइएको छ ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरलेका अनुसार ‘सडक खाली गराएर तामझाम हुँदैन । पुरानो परम्परा पुरै नमास्ने भनिरहेको छ । त्यसका लागि संसद् पुग्ने बेलामा बग्गी अगाडि लाग्छ । राष्ट्रपति निवासबाट तामझाम हुँदैन,’ उनले भने ।