गुर्भाकोटमा असल अभिभावकको भूमिका बारे एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बडाखोली युनाइटेड पब्लिक स्कुलको आयोजनामा गुर्भाकोट नगरपालिकामा असल अभिभावकको भूमिका बारे एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम जेस्ठ ४ गते गुर्भाकोट नगरपालिकाको सिटि हलमा संचालन भएको थियो।

कार्यक्रमका मुख्य प्रशिक्षक मोटिभेसनल स्पिकर क्षेत्र प्रसाद ज्ञावालीले असल अभिभाबक को भूमिका दायित्व तथा काम र कर्तव्यको बारेमा उपस्थिति अभिभावक हरुलाई अभिमुखीकरण गराउनु भएको थियो। उक्त कार्यक्रमले उपस्थित सम्पूर्ण अभिभावकहरुमा सकारात्मक तरिकाले मोटीभेसन भएको र समाजमा हुने गरेका यथार्त एवं व्याबहारिक कुरा हरुलाई मोटिभेसनल गराईएको हुदा अन्तरकृया कार्यक्रम भब्य रुपमा सम्पन्न भएको शिक्षक हेमन्त डिसीले जानकारी दिनु भयो। बडाखोली युनाइटेड पब्लिक स्कुलमा अध्यनरत १७५ जना विद्यार्थीका अभिभावकको कार्यक्रममा उपस्थिति रहेको थियो। साथै विद्यालयले आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु नियमित संचालन गर्ने जनाएको छ।

गुर्भाकोट नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गोबिन्द ओलि प्रमुख अथिति,बिशेष अतिथि गुर्भाकोट प्याब्सन अध्यक्ष किशोर शर्मा तथा बडाखोली युनाईटेड पब्लिक स्कुलका प्रिन्सिपल प्रकाश वली सभापतित्वमा सम्पन्न भएको कार्यक्रमकोसंचालन उक्त बिद्यालयका शिक्षक हेमन्त डिसीले गर्नु बहेको थियो।