१४८ पुर्जा वितरण गर्ने अन्तिम तयारीमा गुर्भाकोट वडा नं ८

चैत्र ३, सुर्खेत | रास्ट्रीय भुमि आयोग सेवा केन्द्र गुर्भाकोट र गुर्भाकोट नगरपालिका वडा नम्बर ८ को वडा कार्यालयको समन्वयमा पुर्जा वितरण हुन लागेको हो। रास्ट्रीय भुमि आयोगले वडा नम्बर ८ मा सुरु गरेको काम अन्तरगत १४८ वटा पुर्जा पहिलो चरणमा तयारी भैसकेको,र लगत्तै दोस्रो चरणको सुरुवाती हुने र तेस्रो चरणमा काम सम्पन्न हुने गुर्भाकोट […]

अब नेपाल टेलिकममा ६३६ रुपैयाँमा अनलिमिटेड कल , हरेक दिन ३०० एमबी डाटा

काठमाडौं। नेपाल टेलिकमले आजदेखि लागु हुने गरी नयाँ अफर ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६’ प्याकेज ल्याएको छ । यस अफर अन्तर्गत पोस्टपेड ग्राहकले ६३६ रुपैयाँमा एक महिना अथवा तीस दिनसम्मका लागि नेपाल टेलिकमको नेटर्वकमा हरेक दिन अनलिमिटेड कल गर्न पाउनेछन् ।यस्तै प्रयोगकर्ताले अन्य नेटवर्ककका लागि एक सय मिनेटको कल अवधि पाउनेछन् । यस अफरमा […]

आठदलीय गठबन्धन पूरै अवधि जान्छ : देउवा

काठमाडौं । आठदलीय गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको पूरै अवधि जाने बताएका छन् । शुक्रबार उपराष्ट्रपति निर्वाचनपश्चात् संसद् भवनबाटै बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरूले सोधेको प्रश्नको संक्षिप्त जवाफ दिँदै गठबन्धन भविष्यवाणी गरेका हुन् । उनले गठबन्धन बाँकी रहेको करिब पाँच वर्ष समयावधिसम्म टिक्ने दाबी गरे ।

विश्वकप छनोट खेलाडीलाई प्रधानमन्त्रीको सम्मान, जनही ३ लाख दिने घोषणा

आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका छन् । प्रधानमन्त्री प्रचण्डले खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । प्रधानमन्त्रीले भने, ‘यसअघि पनि सरकारले तपाईँहरूलाई जनही दुई लाख राशीले पुरस्कृत गरिसकिएको छ । आज म तपाईँहरूलाई […]

गाँजा खुला गर्न माग गर्दै सर्वोच्चमा पर्यो रिट

चैत्र ३, काठमाडौँ । नेपालमा गाँजा खुला गर्न परमादेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बिहीबार अधिवक्ता सरोज अधिकारी र ऋगेन्द्र गिरीले रिट दर्ता गराएका हुन् । रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कृषि तथा पशुपक्षी मन्त्रालय, स्वास्थ्य मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा […]

भिजिट भिसामा बेलारुस पुर्‍याइएका ९ जना महिला ३५ हजार डलरमा बेचिए

चैत्र ३, काठमाडौं । भिजिट भिसामै बेलारुस पुर्‍याइएका ९ जना महिला बेचिएको पाइएको छ । वसुन्धरामा रहेको ‘एभरेस्ट गोल्डेन फाउन्डेसन’ नामको म्यानपावर कम्पनीले आकर्षक सेवा सुविधाको प्रलोभन देखाउँदै आफूहरूलाई बेलारुस पुर्‍याई ३५ हजार डलरमा बेचेको पीडितले बताएका छन् । अत्यन्तै थोरै पारिश्रमिक दिएर १४ घण्टाभन्दा बढी काममा लगाइएको पीडितको भनाइ छ । बेलारुसमा बन्धक बनाइएकामा […]

आज यसरी हुँदै छ उप-राष्ट्रपतिको निर्वाचन

चैत ३, काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो उपराष्ट्रपति चयनका लागि शुक्रबार मतदान हुँदै छ । २०७४ साल चैत ४ गते दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका उपराष्ट्रपति नन्दबहादुर पुनको पदावधि चैत ३ गते शुक्रबार सकिँदै छ । निर्वाचन अधिकृतको कार्यालयले सम्पूर्ण तयारी पूरा भएको र बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नयाँ बानेश्वरस्थित […]

एक दिवसीय क्रिकेटमा नेपालको ऐतिहासिक उपलब्धि

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध डकवर्थ लेविस पद्धतिअनुसार ९ रनले जितेपछि नेपाली सिनियर क्रिकेट टोलीले एकदिवसीय विश्वकप ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले यूएईले दिएको ३ सय ११ रनको लक्ष्य भेट्टाएको हो । ४४औं ओभरमा ६ विकेटको क्षतिमा २ सय ६९ रन हुँदा खराब प्रकाशका […]

स्ववियु निर्वाचनको मौन अवधि शुरू : ९ क्याम्पसमा निर्वाचन स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६२ आंगिक क्याम्पसमधय देशभरका ९ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । चैत ५ गते हुने ५३ वटामा मात्र स्ववियु निर्वाचन हुने भएको छ । त्रिवि केन्द्रीय निर्वाचन तथा अनुगमन समितिका सदस्य सचिव त्रिवि एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा. पशुपति अधिकारीले उपत्यकाको ५ र उपत्यका […]

आजको मौसम: मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर आंशिकदेखि सामान्य बदली छ । कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित क्षणिक हल्कादेखि मध्यम […]