• जेष्ठ २४, २०८२
  • No Comment
  • 94

अमेरिकामा गोली लागेको अवस्थामा दुई बालबालिकासहित चार जना नेपाली मृत भेटिए

अमेरिकाको भर्जिनियास्थित म्यानासस पार्कमा दुई बालबालिकासहित चार जना नेपाली मृत भेटिएका छन्। बिहीबार राति करिब १०:४० बजे म्यानासस पार्कस्थित लाने लेनको एक घरमा उनीहरू मृत अवस्थामा फेला परेका हुन्।

मृतकमध्ये २ वर्षिय एक बालक, ८ वर्षीया एक बालिका, ३८ वर्षीय सन्तोष परियार र ३६ वर्षीया अञ्जु श्रेष्ठ रहेका छन्। बालबालिकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

प्रहरीका अनुसार घटनास्थलमा बन्दुक पनि फेला परेको छ। प्रारम्भिक अनुसन्धान अनुसार यो घटना सम्भवतः ‘मर्डर-सुसाइड’ (हत्या–आत्महत्या) हुनसक्ने आशंका गरिएको छ, यद्यपि कसले गोली चलायो भन्ने कुरा पुष्टि भइसकेको छैन। मृतक सबैलाई गोली लागेको प्रहरीको भनाइ छ।

घटनास्थल रहेको घरका मालिकले केही दिनदेखि सम्पर्क नभएपछि प्रहरीलाई ‘वेलफेयर चेक’ (कल्याण जाँच) गर्न अनुरोध गरेका थिए। त्यसपछि प्रहरी घरमा पुगेको र चारै जनालाई मृत अवस्थामा फेला पारेको हो।

छिमेकीहरूको अनुसार, उक्त परिवार करिब छ महिनाअघि मात्रै सो क्षेत्रमा बसाइँ सरेको थियो। एक छिमेकीले बताएका अनुसार, उनकी ८ वर्षीया छोरी मृत बालिकासँग हरेक दिन खेल्ने गर्थिन्।

प्रहरीका अनुसार, चारै जनाको शव परीक्षणका लागि म्यानाससको मेडिकल एक्जामिनरको कार्यालयमा पठाइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

गत वर्ष यही क्षेत्रमा भएको ममता भट्ट हत्या प्रकरण अझै टुंगोमा नपुग्दै भएको यस घटनाले नेपाली समुदायमा थप चिन्ता र त्रास फैलिएको छ।

सम्बन्धित खबर

रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

सर्लाही– बिरामी बोक्ने उद्देश्यले प्रयोग गरिने एम्बुलेन्समै गाँजा ओसारपसार भइरहेको तथ्य सर्लाहीमा पक्राउ परेका एक एम्बुलेन्ससहित सार्वजनिक भएको छ। प्रहरीको विशेष…
भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…
हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…

Leave a Reply

Your email address will not be published. Required fields are marked *