सुर्खेतको मुना डिजाइनको सेवा विस्तार, फ्रेम उधोग पनि संचालनमा

सुर्खेतको वीरेन्द्रनगर ६ स्थित न्युरोडमा रहेको मुना डिजाइर्नको सेवा विस्तार भएको छ । विगत ९ वर्ष देखि दक्ष जनशक्तिद्धारा सेवा दिंदै आइरहेको यस डिजाइनले थप उर्जाका साथ फ्रेम उधोग संचालनमा ल्याएको छ । यहि वैशाख ६ गत्ते एक कार्यक्रमको आयोजना गर्दै मुना डिजाइनको विस्तार फ्रेम उधोगको बारेमा संचालक मान बहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार यसभन्दा पहिले विभिन्न खाले छापहरु, आइडी कार्ड बनाउने सेवा दिदै आइरहेका छौ भने साथै अहिेले फ्रेम उधोग संचालनमा ल्याएका छौ । उधोगमा विभिन्न खाले फ्रेम परमाण पत्र, फोटोहरुको फ्रेम आदिको उत्पादन गरिरहेको छ ।

यसको विस्तारले कर्णाली मै उत्पादन गरी सेवा प्रदान हुने भएको छ । यो सामान बाहिरबाट ल्याउदा निकै जोखिम लिनु पर्ने समस्या बाट मक्त हुने खड्काले बताए । उनले आफ्ने मालिक आफै भएर सेवा प्रदान गर्न पाउदा खुशी भएको व्यक्त गरेका छन ।

हामी जस्तो युवा हस्तीले स्वदेशी उत्पादन लाई जोड दिदा दिनु पर्ने पनि बताए । यसो गर्नाले देश विकासका साथै आर्थिक स्तर पनि माथि उठ्न सहयोग गर्छ ।