जन्तीबस दुर्घटना, ३ काे मृत्यू अन्य घाईते

आज विहान सिन्धुपाल्चोकको धारावतीमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दोलखाकाे भीमेश्वर १ बाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्करमा जान लागेकाे जन्ती बस दुर्घटनामा परेकाे छ।
त्रिपुरासुन्दरी गाँउपालिकामा धारावतीमा बा ४ ख ५६१६ नम्बरको जन्ती बस आज (शुक्रबार) बिहान साढे सात बजे दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले जानकारी दिए ।

घटनास्थलमै रहेका त्रिपुरासुन्दरी-५ का वडाध्यक्ष यादव श्रेष्ठले दुलहासहित ३२ जना घाइते भएको बताए । उनका अनुसार बसमा ५५ जना सवार रहेकाे बाँकीकाे अवस्था सामान्य रहेकाे बताए ।

गम्भीर घाइते पाँच जनालाई उपचारका लागि सहाबहार अस्पताल खाडीचौर लगिएको छ । भने दुलहासहित अन्य घाइतेलाई वडा कार्यालयमै प्राथमिक उपचार भइरहेको छ,’ उनले भने ।

मृत्यु हुनेमा अन्दाजी ७०, ५० र २० वर्षका पुरुष रहेको उनले बताए । मृतक तीनै जनाको सनाखत भइनसकेको पनि उनले जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार बसमा ५५ जना सवार रहेकाे बाँकीकाे अवस्था सामान्य रहेकाे बताए ।

अहिले घटनास्थलमा प्रहरी पुगिसकेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । घटना घटनुको कारण नखुलेको पनि बताए ।