करेन्ट लागेर एक जनाको मृत्यु

ईलाम-जेठ १४ । सूर्योदय नगरपालिका-१४ कटुसेमा बस्ने ५१ वर्षीय मोहन राईको करेन्ट लागेर आइतबार बिहान निधन भएको छ । घर नजिकै रहेको काब्रोको रुखमा चढी घाँस काट्ने क्रममा विद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका राईलाइ फिक्कल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा बाकी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले कार्यालयले जनाएको छ ।

बाँके जमुनहामा आगलागीबाट ११ घर नष्ट

नेपालगञ्ज, जेठ १४ । बाँकेको नरैनापुर गाउँपालिका वडा नं ५ को जमुनहा गाउँमा दिउँसो १२ बजे भएको आगलागीबाट ११ घरसहित एक गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार स्थानीय केशव यादवको गोठबाट सुरु भएको आगलागी जब्बर खाँ, रन्जु यादव, बिहारी लाल कुम्हर, सलमान खाँ, राज करण कुम्हार लगायत ११ […]